२०८१ कार्तिक २९ गते बिहिवार

हापुरेमा मदिराले मातेका युवकले आँफै पेटमा चक्कु प्रहार गरे, तुलसीपुरमा उपचारका क्रममा मृत्यु

तुलसीपुर ,असोज २९ । दाङमा मदिराले मातेका एक युवकले मंगलबार बिहान आँफैले आँफुलाई पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको छ ।


भक्तपुर जिल्लाको नगरकोट नगरपालिका – १४ का २८ बर्षीय अनिल तामाङले मंगलबार बिहान साढे ९ बजेतिर हापुरे बजारमा आँफैले पेटमा छुरा प्रहार गरेका थिए । उपचारका लागि तुलसीपुर ल्याइएका अनिलको पौंंने ११ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा अनिलको मृत्यु भएको जानकारी दिए ।


अनिलका बुवा, दाजु र बहिनी लगायत परिवारका सदस्यले हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका थिए ।
दसैंमा मान्यजनवाट टीका थाप्नका लागि अनिल असोज २३ गते मात्रै दाङको बबई गाउँपालिका – ४ हापुरे आएका थिए ।


अनिलले बिहानै मदिरा सेवन गरि बुवा सोमार तामाङ संग झगडा गरेपछि आँफै आफ्नो पेटमा छुरा हानेको प्रहरी बताउँछ । उनले किन आँफैले आँफुलाई चक्कु प्रहार गरेका थिए ? भन्ने बारे अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

प्रहरीले अनिलका बुवा सोमारलाई तुलसीपुरवाट र अनिलका ३१ बर्षीय दाजु पूर्णलाई हापुरेस्थित होटेल वाट नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ असोज २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *