दाङ ,असोज २८ ।बाँकेको कोहलपुर नगरपालिका – ८ पिपिरीका ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको सेफ्टिी ट्याङकी भित्र फेला परेको छ ।
मंगलबार बिहान घटनास्थल भन्दा झन्डै ६ सय मिटर टाढा अनिता परियारको घरको सेफ्टिी ट्याङकी भित्र चन्द्रबहादुरको टाउको प्रहरीले फेला पारेको हो ।
घटना अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्ट नेतृत्वको १५ जनाको टोलीले मंगलबार बिहान शंका लागेर अनिताको घर बाहिरको ढकनी लगाइ राखेको सेफ्टिी ट्याङकी भित्र प्रबेश गरि खान तलासी गर्दा चन्द्रबहादुरको टाउको र खुर्पा फेला परेको हो ।
प्रहरीका अनुसार चन्द्रबहादुरको हत्यामा संलग्नताको आशंका गरिएका ब्यक्ति रोल्पा घर भएका अन्दाजी २७ बर्षीय अनिल परियार हुन । उनी पछिल्लो केही समय बहिनी नाता पर्ने अनिताकै घरमा बस्दै आएका थिए ।
हत्या आरोपी अनिलको खोजी भइ रहेको प्रहरीले जानकारी दिएको छ ।