२०८३ मङ्सिर ११ गते बिहिवार

माछामासु बर्जित एउटा गाउँ

पाल्दैनन्, खसी, बोका, कुखुरा, संगुर बंगुरपनि


दाङ,असोज २७ । दाङ देउखुरीमा एउटा अचम्मको गाउँ छ । जहाँ माछा मासु पूर्ण रुपमा बर्जित छ । मदिरा र धुर्मपानपनि प्रतिबन्ध छ । हिन्दु नेपाली समाजमा दशैं, तिहार वा अरू कुनै चाडपर्वमा माछामासु नभइ चाडबाड आएको आभास हँुदैन भन्नेहरु धेरै छन् ।

चाड पर्व वा अघिपछि पनि पाहुना आउँदा सत्कार स्वरुप मिठो मसिनो खुवाउने समाजको बिषेशता नै हो ।
त्यो सत्कारको आधार भनेको माछा–मासु नै हो भन्दा अतिसयोक्ती नहोला । मासुबिना चाडबाड खल्लो हुन्छ भन्ने हाम्रो समाजको मान्नेता छ ।

तर, देउखुरीमा एउटा यस्तो गाउँ छ जहाँ कसैले पनि माछा–मासु खाँदैनन् । माछा मासु खान बर्जित छ । मनाही जस्तै छ ।

गाँउका बालबालिकादेखि वृद्व कसैले कहिल्यै माछा मासु खाँदैनन् । गम्भीर बिरामी परेको समयमा स्वास्थ्यका लागि चिकित्सकले माछामासु खानभन्दा गाउँलेहरु कसैले माछा मासु खाँदैनन् । त्यो गाउँका स्थानीयले माछा मासु मात्रै हैन मदिरा वा धुर्मपानपनि गर्दैनन् ।

मासु र मदिरा मुक्त गाँउमा झैझागडा हुँदैन । त्यस्तो अचम्मको संस्कार र रितिरिवाज अंगालेको गाउँ देउखुरीको हुलाकी राजमार्गअन्र्गत राजपुर गाउँपालिका वडा नं. ३ मा पर्छ । त्यो गाउँको नाम प्रतापपुर हो । जहाँ अधिकाँस यादव समुदायका मानिसहरुको बाहुल्यता छ । यो गाँउमा ६६ घरधुरीका झण्डै ४ सय जनाको बसोबास रहेको छ ।
प्रतापपुर निवासी रामलखन यादवका अनुसार अपवादबा एक दुई घर बाहेक सबै यादव समुदायको बसोबास छ ।

यो गाँउमा कसैले पनि कहिल्यै माछा मासु नखाने गरेको दिनानाथ यादवले बताए । निम्नआयस्तर भएका यो गाँउका मानिसको मुख्य पेसा खेती किसानी र भैसी पालन हो ।


साकाहारी गाँउ प्रतापपुरका नागरिकहरु माछा मासु नखाने मात्रै होइन माछामासुका लागि प्रयोग हुने कुखुरा बाख्रा सुंगुर केही पनि पाल्दैनन् ।
दिनानाथका अनुसार परापूर्व कालदेखि गाँउमा कसैले पनि माछामासु नखाने र माछामासुको ठाउँमा दुध,दही, घिउलगायतका फलफूल खाने गर्छन ।

गाउँमा विवाह, भोज हुँदा वा घरमा आउने पाहुनाको सत्कारका लागि दुध, दही र फलपूmल नै दिने गर्छन ।

गाँउमा बालबालिकादेखि वृद्वसम्म कसैले कहिल्यै माछामासु नखाने गरेको प्रतापपुरकै ४१ बर्षीय भागमती यादव बताइन । सानैदेखि माछामासु खान हुँदैन भन्ने मान्यता कारण गाउँमा कसैले पनि माछामासु नखाने गरेको उनले बताइन ।
उनले भनिन् ,‘यो हाम्रो धार्मिक परम्परा हो र यदी कसैले बाहिर कतै गइ खाइहाल्यो भने पनि त्यसले घरमा प्रवेश पाउँदैन ।’

सानैदेखि नखाने बानी बस्ने भएकाले माशुप्रति रुचि नहुने भन्दै उनले बताइन । यहाँका यादब समुदाय पशुपक्षीको हत्या गर्नुलाई पाप ठान्छन् । त्यसैले पशुबध कहिलै गर्दैनन् । चाडपर्वमा मिठो खाने, आफन्तसँग भेटघाट गरेर रमाइलो गर्न सकिने भन्दै मासु नै खानुपर्छ भन्ने नरहेको उनी बताउँछिन ।

स्वास्थ्यका लागि चिकित्सले माछामास्ु खान सल्लाह दिएपनि आफले नसकेको प्रतापपुरकै द्धारीकाप्रसाद यादवले बताए । सानैदेखि माछामासु नखाएकाले त्यसपति मन नै नजाने उनी बताउँछन् ।
‘ म बिरामी पर्दा धेरै चिकित्सकले माछामासु खान सुझाव दिने गर्नु भएको थियो तर मैले कहिलै माछा मासु खाने कुरा सोच्न पनि सकिन ’,उनले भन,‘ बरु दही, दुधसँगै फलफुल खाने गरेको छु ।’


मासुमापाइने शक्ती दूग्ध जन्यपदार्थ र फलफुलबाट प्राप्तहुने उनले बताए । कुनै पनि पशुपंक्षीको वद गर्नु , प्राणि हत्या गर्नु पाप ठान्ने यो गाँउका सबै नागरिकहरु धर्ममा अति ठूलो विस्वास राख्छन् र सधै पुजापाठ गर्छन । परापुर्व कालदेखि पुरानो पुस्ताले सिकाएको माछा मासु नखाने परम्परा पुस्तान्तरण हुँदै आएको छ ।

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *