दाङ,असोज २७ ।दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ राउत गाउँको एउटा जुवा खालमा प्रहरीले गएराति छापा हानेर ११ जुवाडेलाई पक्राउ गरेको छ ।
स्थानीय भागीराम चौधरीको घरमा जुवा भइ रहेको भन्ने गोप्य सुराकका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा पुगेको टोलीले छापा हानेर ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।
उनीहरुको साथवाट एक लाख ६ हजार ६ सय ५० नगदसहित चार गड्डी तालपनि बरामद भएको प्रहरी निरीक्षक थापाले फरककोणलाई बताए
पक्राउ पर्ने सबै जिल्लाको दंगीशरण गाँउपालिका वडा नं. ३ रावतगाँउका हुन । दशैंको दिन राति साढे दश बजेतिर छापा हान्दा पक्राउ पर्नेमा दंगीशरण –३ का ३५ बर्षीय गणेश योगी , ३३ बर्षीय मेघराज रजौरे, ४० बर्षीय लम्बुधर चौधरी, ५५ बर्षीय भागीराम चौधरी पक्राउ परेका छन् ।
त्यस्तै दंगीशरण –३ का ३० बर्षीय श्यामेश्वर वली,३९ बर्षीय निराजन धिताल, बर्ष ५० का महाबिर चौधरी,बर्ष ४२ का शिबहरी धिताल, बर्ष ३५ का ओमप्रकाश पुरी, बर्ष ३२ का गोकुल धिताल र बर्ष ४१ क आनन्द रजौरे रहेका छन् ।
पक्राउ परेकाहरु उपर थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरु माथि जुवा ऐन अन्तरगत मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।
तर, पक्राउ परेका जुवाडेलाई छुटाउन जनप्रनिधिहरुले दबबा दिन थालेको पनि स्रोतले जानकारी दिएको छ ।
