तुलसीपुर ,असोज २५ । नेपाली काँग्रेसका केन्द्री सदस्य दीपक गिरीले तुलसीपुर उपमहानगरपालिका – ११ सुकौरास्थित शुक्रेश्वरी देबी भगवतीको ऐतिहासिक मन्दिरको प्रचार प्रशार तथा बिकासमा सबैले लाग्नु पर्ने बताएका छन् ।
शुक्रबार बिहान मन्दिरको दर्शन र पूजा आरधणाका लागि पुगेका प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता गिरीले झन्डै पाँच सय बर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक महत्वको भगवती मन्दिर ओझेलमा पर्न नहुने र त्यका लागि स्थानीय जनप्रनिधिदेखि मिलेर सबैले भूमिका निर्वाह गर्नु पर्ने बताएका हुन ।
सुकौरास्थित प्राचिन दंगीशरण थारु राजाको मन्दिरको ठिक पूर्वतर्फ सुक्रेश्वरी भगवती मन्दिर रहेको छ । यो मन्दिरको भित्र ठूलो गुफा रहेको स्थानीयले बताएका छन् ।
सुक्रेश्वरी भगवती मन्दिर जातिय तथा धार्मिक सहिष्णुताका दृष्टिकोणले जिल्लामै एक मात्र थारु जातीका साथै अन्य हिन्दुले पूजा आरधना गर्ने एक मात्र मन्दिर हो ।
यही मन्दिर परिशरमा थारु देवतापनि स्थापना गरिएको छ। परापूर्वक कालदेखि नै यहाँ थारु जातिका मानिसका साथै अन्य जातिका मानिसले पनि पूजा आरधना गर्दै आएका छन् ।
काँग्रेस क्षेत्र नं. ३ (२) का क्षेत्रीय सभापति खिमबहादुर वली, स्थानीय काँग्रेस नेताहरु श्याम गिरी, ओपेन्द्र शर्मा, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरी लगाएत भगवती मन्दिरमा पूजा आरधना गर्ने सर्वसाधारणको पनि घुँइचो लागेको थियो ।
सुकौरास्थित प्राचिन भगवती मन्दिर तत्कालिन थारु राजा दंगीशरणले पूजा आरधना गर्ने मन्दिर थियो ।
