२०८३ असार ७ गते आइतवार

जन्मदिनमै सरुवा भयो ५ नं. प्रदेश प्रहरी प्रमुख पिताम्वर अधिकारीको

फाइल फोटो

दाङ, जेठ ३२ । ५ नं. प्रदेशका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पिताम्वर अधिकारीको जन्मदिनका दिनमै सरुवा भएको छ । जेठ ३२ गते उनको जन्मदिन परेको छ । प्रहरी प्रधानकार्यालय बाट उनलाई आजै सरुवाको पत्रपनि प्राप्त भएको छ । ‘मेरो जन्मदिन दिनका दिनमै सरुवा पत्र आयो,’ अधिकारीले हाँस्दै भने ‘पहिला अलि घरदेखि टाढा थिए अब घर नजिक जान पाइने भयो।’ काम विषेशले आँफु काठमान्डौंमा रहेको बताएका डिआईजी अधिकारीले एक दुई दिनपछि कार्यालयमा आएर विदा भएर काठमान्डौं फर्कने जानकारी दिए ।

अब प्रदेश प्रहरी कार्यालय दाङको तुलसीपुरमा नयाँ डिआईजीको रुपमा ५ नं. प्रदेश प्रमुखमा सुरेशविक्रम शाह आउने भएका छन् । यसअघि उनीपनि काठमान्डौंमा नै कार्यरत थिए । शुक्रवारको नेपाल सरकार गृहमन्त्रालय (मन्त्री स्तरिय) बैठकले ५ नं. प्रदेश प्रहरी प्रमुख डिआईजी अधिकारीसहित १३ जना प्रहरी अधिकारीको सरुवा गर्ने निर्णय गरेको थियो । डिआईजी अधिकारी अब सरुवा भएर प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालय नक्साल काठमान्डौंमा जाने भएका छन् ।

हेर्नुहोस प्रहरी प्रधान कार्यालयले जारी गरेको सरुवाको नाम लिस्ट …

प्रकाशित मिति : २०७६ जेष्ठ ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *