दाङ, असोज १८ । रोल्पामा बालिकामाथि बालत्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा माडी गाउँपालिका –२ खोलवाङका ३२ वर्षीय बिर्सी विक रहेका छन् । उनी बिहीबार दिउँसो पक्राउ परेका थिए ।
विकले १४ वर्षीया बालिकालाई विवाह गर्ने भन्दै ललाई फकाइ आफ्नै घरमा लगेका थिए । उनले बुधबार राति बालिका माथि बलात्कार गरेको जाहेरी पछि उनी पक्राउ परेका हुन ।
बिकलाई इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट खटिएको टोली पक्राउ गरेको थियो ।
प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रवार
