२०८३ असार २७ गते शनिवार

लुम्बिनीमा तीन दिनमा विपद्का २९ घटना, एक जनाको मृत्यु, एक बेपत्ता

९० लाख ९० हजार क्षतिको विवरण


दाङ, असोज १३ । लुम्बिनी प्रदेशमा पछिल्लो तीन दिनमा विपद्का २९ वटा घटना घटेका छन । असोज ११ गतेदेखि १३ गतेसम्म एक जनाको मृत्यु भएको छ ।


बाँकेमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । गुल्मिमा दुइ जना र बाँकेमा एक जना घाइते भएका छन् । त्यस्तै नवलपरासी वर्दघाट सुस्ताका एक जना वेपत्ता छन् ।


लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले बाढी, पहिरोमा परेर १७ वटा घर पूर्ण रुपमा क्षति भएका छन् । एक सय ६१ वटा घरमा आंशिक क्षती भएको छ । एउटा सरकारी भवन पूर्ण क्षति भएको छ ।

तीन वटा भवनमा आंशिक क्षति भएको मन्त्रालयको बिवरणमा उल्लेख छ ।
बाढी पहिरोवाट ९० लाख ९० हजार क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ । बाढी र पहिरो प्रभावित एक सय नौं जना व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।

सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पामा प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।


उच्च जोखिममा रहेका स्थानीयहरुलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा आश्रय लिएका छन् ।
अब पुर्नस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी पाण्डेले बताए ।

काठमाडौं उपत्यका लगायत देशभर बाढी पहिरोवाट एक सय ४८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अझैं ५५ जना बेपत्ता रहेको विवरण गृहप्रशासनले सार्वजनिक गरेको छ ।

त्यस्तै धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा आइतबार दिउँसो ३ बजेसम्म ३५ शव जनाको फेला परेका छन् । पहिरोले पुरेका तीन वटा फरक गाडीबाट ३५ जनाको शव निकालिएको तथा थप खोजी कार्य जारी रहेको सुरक्षाकर्मीले बताएका छन् ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *