दाङ, असोज १३ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा तीन सवारी साधन पहिरोले पुर्दा २७ जनाको मृत्यु भएको छ ।
चितवनबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३ ज १३४५ नम्बरको हायस आइतबार बिहान पुरिएको अवस्थामा फेला परेको थियो । त्यो हायसबाट १० जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।
त्यो भन्दा पहिला आइतबार बिहान मात्रै गोरखाबाट काठमाडौं जाँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुबाहक बस बसपनि पुरेको अवस्थामा फेला परेको थियो । त्यो बसमा तीन जनाको शब फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्वरको विंगरमा सवार १४ जनाको पनि सोही पहिरोमा पुरिएर मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
