२०८३ मङ्सिर ११ गते बिहिवार

‘द्धन्दकालका गम्भीर अपराधका घटनाका दोषी जो भएपनि कारबाही हुनुपर्छ’

तुलसीपुर, असोज ५ । द्धन्दकालका गम्भीर मानव अधिकार उलंघनका घटनाका दोषी जो भएपनि उनीहरुमाथि कारबाही हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

शनिबार तुलसीपुरको ‘द पार्क क्याफे’मा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको ‘ शान्ति हाम्रो अधिकार’ बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले त्यस्तो कुरामा जोड दिएका हुन ।


अधिबक्ता श्रीराम चौधरीले युद्धको नियम नाघेको वा आतातायी घटनाहरुमा संलग्न दोषी जो भएपनि कानुनी कारबाही हुनुपर्ने बताए । कसुर अनुसार अन्य युद्ध कालका घटनामा क्षमादान वा परिपुरन मार्फत समाधान खोज्नु पर्ने जोड दिए ।


शान्ति समाजका केन्द्रीय सदस्य निर्मल नेपालीले संक्रमनकालिन न्याय प्रक्रियालाई इमान्दारिका साथ टुँगोमा पु¥याउनका लागि पीडकहरुलाई सजाय सुनिश्चित हुनुपर्ने र त्यसका लागि अब बन्ने दुई वटा आयोगहरुमा पीडितको प्रतिनिधत्वि अनिवार्य गरिनुपर्ने जोड दिएका थिए ।


कार्यक्रममा नेपाली काँग्रेस दाङका सचिव राजु आचार्यले मानव अधिकार उलंघनका घटनाका दोषीलाई कारबाही सुनिश्चित भए मात्रै पीडितले न्यायको अनुभूति गर्न सक्ने संभावना औंल्याए । तत्कालिन बिद्राही पक्ष नेकपा माओबादी वा राज्य पक्ष दुबैले सत्य बोल्ने र सत्य सुन्न हिम्मत भएमा मात्रै बेपत्ता पारिएका ब्यक्तिहरुका बारेमा तथ्य पत्ता लाग्ने उनको विश्वास थियो । गम्भीर प्रकृतिका घटनामा धर्म वा एतिहास संग जोडेर बिषयान्तर गर्न नहुने उनको जोड थियो ।

नेकपा (माओबादी केन्द्र)का लुम्बिनी प्रदेश कमिटी सदस्य डिल्ली अधिकारीले गम्भीर मानव अधिकार उलंघनका घटनामा कसैलाई छुट हुन नहुने र उनीहरुलाई कसुर बमोजिम कारबाही हुनुपर्ने बताए ।
‘ गम्भीर प्रकृतिका घटनामा केही माओबादी साथीहरु पनि पर्छन र पर्नुपनि पर्छ,’ उनले अगाडि भनेका थिए ‘ तर, तत्कालिन राज्य पक्षका सेना प्रहरी वा केही राजनीतिक दलका नेताहरुले पनि जेल पर्नु पर्ने छ ।’अन्य मुद्दाहरुमा अवस्था हेरि क्षमादान, परिपुरण लगाएको बिधि अपनाउन सकिने उनको भनाइ थियो ।

त्यस्तै नागरिक समाजका अभियान्ता टीकाराम रेग्मीले तत्कालिन समय साझा प्रयासले ६ महिनामा शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउने उदेश्य राखिएपनि अहिले आएर १७ बर्ष पछि टिआरसी बिद्येक दुबै सदनवाट पारित हुनुपनि महत्वपूर्ण उपलब्धि मान्नु पर्ने अवस्था रहेको बताए ।


‘ यस्तो राजनीति हामीले खोजेको होइन, राजनीतिक दलहरुमा इमान्दारिता हुनुपर्छ,’ उनले भनेका थिए ‘ गम्भीर अपराधका घटनाका पीडितलाई न्याय दिन पीडकलाई कारबाही हुनै पर्छ ।’

कार्यक्रममा हिमाल एकाडेमीमा कक्षा ११ मा कानुन बिषय अध्यनरत छात्रा प्रसंशा केसी, शान्ति समाज दाङ शाखाकी सल्लाहकार निर्मला डिसी, जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष नरेशराज भण्डारी, युवा खेमराज सेन्चुरी, शान्ति समाजका पूर्व जिल्ला सभापति तुल्सीराम सुनार लगाएतले अब गठन हुने आयोगहरुमा पीडितको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेका थिए ।

मानव अधिकार तथा शान्ति समाजका दाङ शाखा अध्यक्ष कोमल डिसिकाे अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बिषय प्रबेश तथा स्वागत मनतब्य समाजका पूर्व केन्द्रीय उपाध्यक्ष सुशिल बस्नेतले राखेका थिए भने सहजीकरण समाजका जिल्ला सहसचिव तथा अधिबक्ता मधुसुदन गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *