२०८३ असार २७ गते शनिवार

गोठमा आगोलाग्दा जले नगद चारलाख


दाङ, असोज ३ ।एक ब्यक्तिको गोठमा आगलागी हुँदा नगद चारलाख रुपैंया जलेको छ ।

रोल्पाको थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगर गोठमा बुधरबा दिउँसो साढे १ बजे आगलागी हुँदा उनले सोही गोठमा राखेको चार लाख नगद रुपैंया जलेर क्षति भएको हो ।


मगरको ढुङ्गा र माटोले बनेको खरले छाएको गोठमा बुधबार दिउँसो साढे १ बजेतिर आगलागी भएको र त्यसमा राखिएको चार लाख नोटहरुको आधा भाग जलेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलर प्यानल, अन्नपातसहित ६ लाख २० हजार बराबरको क्षति भएको छ ।

चुलोमाथि दाउरा सुकाउन राखेको समयमा सोही बाट आगो सल्किएर आगलागी भएको प्रहरी निरीक्षक शाहीले बताए । घरका सदस्य जंगलमा मेलापात गएको समयमा गोठमा सुकाउन राखिएको दाउराबाट आगो सल्किएको थियो ।
प्रहरीले बिहीबार मात्रै लागलागीको घटना सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *