घाेराही, असाेज ३ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर कमिटीकाे आयाेजनामा प्रधानाध्यापक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
आज बिहीबार दाङकाे घाेराहीमा एक कार्यक्रमकाे आयाेजना गरी प्याब्सन घाेराहीले प्रअ भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे हाे ।
लामाे समयदेखि संस्थागत विद्यालयमा याेगदान प्रदान गर्ने सिद्धार्थ एकेडेमीका अध्यक्ष नारायण तर्ताल र पशुपति विद्याश्रमका अध्यक्ष हाेमनाथ दाहाललाई सम्मान गरिएकाे थियाे ।
त्यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० मा उत्कृष्ट नतिजा प्रदान गर्ने अनिवार्य विषयका शिक्षकहरूलाई पनि सम्मान गरिएकाे थियाे । सम्मानित हुने शिक्षकहरूमा दीपशिखा आवासीय माविका महेश सुवेदी (नेपाली), माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुलका कृष्णप्रसाद पाेख्रेल (अङ्ग्रेजी ), स्वर्गद्वारी बाेर्डिङ स्कुल खुमबहादुर बस्नेत (गणित), ग्रेटबुद्ध एकेडेमीका सुवर्ण देवकोटा (विज्ञान) र पशुपति विद्याश्रमका टीकाराम चाैधरी (सामाजिक ) रहेका छन् ।
त्यस्तै एसइई २०८० मा सर्वाेत्कृष्ट जिपिए प्राप्त गर्ने माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुलका छात्रा आयुष्मा घिमिरे र सिद्धार्थ एकेडेमीका छात्र बिक्रम नेपाली सम्मानित भएका थिए । दुबै जनाले सर्वाेत्कृष्ट ४ जिपिए प्राप्त गरेका छन् ।
एसएलसी २०८० मा उत्कृष्ट जिपिए प्राप्त गर्ने गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीका छात्र उत्सव घिमिरे र सिद्धार्थ एकेडेमीका छात्रा बन्दना चाैधरी सम्मानित भएका थिए । घिमिरेले ३.९६ जिपिए र चाैधरीले ३.९० जिपिए प्राप्त गरेका छन् ।
कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरी, लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी, सम्मानित व्यक्तित्व नारायण तर्ताल, हाेमनाथ दाहाल, सम्मानित विद्यार्थी उत्सव घिमिरेलगायतले मन्तव्य राखेका थिए ।
अध्यक्ष बिरेन्द्र चन्दकाे अध्यक्षता तथा सामाजिक विकास महाशाखाका प्रमख नारायण प्रसाद पाैडेलकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे । उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।