२०८१ असोज २९ गते मङ्गलवार

२ मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु, ३ जना घाइते

दाङ, असोज २ । दुइ मोटरसाइकल आपसमा ठोक्किदा दुइ जनाको मृत्यु भएको छ । थप तीन जना घाइते छन् ।

घटना बाँके जिल्लाको हो । बाँकेको राप्तीसोनारीको लालपुरमा बुधबार बेलुका दुइ मोटरसाइकल आपसमा ठोक्किदा दुइ जनाको मृत्यु भएको छ भने थप तीन जना गम्भीर घाइते भएका छन ।


प्रहरीका अनुसार मृत्यु हुनेमा भे १२ प ३९९५ नम्बरका मोटरसाइकल चालक राप्ती सोनारी गाउँपालिका – ४ का ३७ बर्षीय रामशरण थारु र भे १२ प ४८२४ नम्बरको मोटरसाइकल चालक राप्ती सोनारी – ३ का १९ बर्षीय बशन्त थारुको उपचारका क्रममा नेपालगञ्ज नरसिंहहोममा मृत्यु भएको छ ।

सोही दुर्घटनामा परि भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडि सवार बर्दिया राजापुर – ४ घर भएर हाल राप्तीसोनारी – ४ धामपुरमा बस्दै आएका ३१ वर्षीय अजय दहित घाइते गम्भीर घाइते छन् ।


त्यस्तै भे १२ प ४८२४ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी – ३ खैरेनीका १६ वर्षीय संगित थारु र राप्ती सोनारी – ३ खैरेनीका २१ वर्षीय संजय थारुपनि घाइते छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको छ । उनीहरु सबैको नेपालगञ्ज नरसिंहहोमा उपचार जारी छ ।

राप्ती सोनारी गाउँपालिकाको – ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा अपराह्न साढे ४ बजे दुइ मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *