२०८१ असोज २९ गते मङ्गलवार

फालावाङमा यात्रुबहाक जिप दुर्घटना – दुई जनाको मृत्यु

दाङ, असोज १ । सल्यानको फालाबाङमा यात्रुबहाक जिप दुर्घटनाका घाइते मध्य दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिबेणी गाउँपालिका – ४ फालावाङका ५५ वर्षीय टोपबहादुर साहु र ५२ बर्षीया लाली रावत छन् । उनीहरुको सपचारका क्रममा राति नै मृत्यु भएको थियो ।


साहुको सल्यान अस्पताल सल्यान खलंगामा राति दश बजेतिर र रावतको दाङ घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रेशम खत्रीले यात्रुबहाक बोलेरो जिप दुर्घटनामा परि स्थानीय तीन जना घाइते भएका छन् ।

त्रिबेणी गाउँपालिका – ३ छत्रपालका २८ बर्षीय चालक कमल रेउले, त्रिवेणी गाउँपालिका – ४ की ४० बर्षीया पूर्णकला बस्नेत र सोही ठाउँकै २९ बर्षीय रबिन्स महतरा घाइते छन् । उनीहरु सबैको दाङमा उपचार भइ रहेको प्रहरीले जानकारी दिएको छ ।


भित्री सडक खण्ड अन्तरगत त्रिवेणी गाउँपालिका–४ फलाबाङ बाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको यात्रु बहाक बोलेरो जिप सोमबार बेलुकी करिब सात बजेतिर अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । जिप सडकदेखि झन्डे २५ मिटर तल खसेको थियो ।


दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असोज १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *