दाङ, भदौ ३१ । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीका डिल्लीराज अर्याललाई नियुक्त गरेको छ ।
उनी मालिका गाउँपालिका –८ बासिन्दा हुन ।
सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले योजना सदस्यहरूमा रोल्पाका डा. सुदनकुमार वली, दाङका भुवन चौधरी र रूपन्देहीका शान्तादेवी ढकाललाई नियुक्त गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले योजना आयोगलाई पूर्णता दिइएको जानकारी दिए ।
मन्त्री परिषद बैठकले दाङको शान्तिनगर गाउँपालिका – ४ चिराघाटबाट सोही वडाको जुम्लेकुलामा केन्द्र स्थान्तरण गरेको हुँदा त्यो तोक्न नेपाल सरकारलाई सिफारिस गरेर पठाउने निर्णयपनि गरेको छ।
प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार