२०८१ असोज २९ गते मङ्गलवार

खोलाले बगाउँदा एक जनाको मृत्यु

दाङ, भदौ २८ । पाल्पामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो तीन बजेतिर पाल्पाको माथागढी गाउँपालिका – ४ सुर्काबासस्थित झुम्साखोला तर्ने क्रममा बगेका तिनाउ गाउँपालिका – ४ बिजनचौरका ५३ बर्षीय शेरबहादुर चौहानको शब फेला परेको छ ।


बगेको ठाउँदेखि झन्डै एक सय ५० मिटर दक्षिणमा खोलाको बीच भागमा उनको शब फेला परेको थियो ।

पाल्पाका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइ रहेको उनले बताए ।

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *