२०८३ असोज २५ गते आइतवार

लुम्बिनीमा अवैतानिक पर्यटन दुत नियुक्त गर्ने निर्णय

दाङ, भदौ २८ । लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि सकारले अवैतनिक पर्यटन दुत नियुक्त गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले पर्यटन विकासका लागि अवैतनिक पर्यटन दुत नियुक्त गर्न थालेको यो पहिलो पटक हो ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि अवैतानिक पर्यटन दुत नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रालयले मन्त्रालय मातहतको पर्यटन विकास परिषद मार्फत राष्ट्रिय तथा अन्तष्ट्रिय स्तरमा लुम्बिनीको पर्यटन प्रवर्धनका लागि पर्यटन दुत नियुक्त गर्न लागिएको जनाएको छ ।

‘प्रदेशको समृद्धिको बलियो आधार भनेको यहाँको पर्यटन विकास नै हो, प्रदेशको पर्यटन विकासलाई कसरी बढावा दिएर यहाँ धेरै पर्यटकहरुलाई भित्र्याउन सकिन्छ भन्ने आधारको खोजीमा हामी छौँ,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘प्रदेशको पर्यटन विकासका लागि यहाँको पर्यटकीय क्षेत्रहरुको प्रबधर्न गर्न सहयोग पुगोस भन्ने उदेश्यले अवैतनिक पर्यटन दुत नियुक्त गर्ने निर्णय गरिएको छ, मलाई बिश्वास छ यो निर्णयले प्रदेशको पर्यटन विकासमा ठूलो टेवा पुग्ने छ ।’


मन्त्रालयले नियुक्त गर्ने अवैतनिक पर्यटन दुतहरुले मुख्यतया प्रदेशका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारलाई जोड दिने छन । यसका लागि पर्यटकसंग जानकार प्रवुद्ध व्यक्तिहरु अवैतनिक पर्यटन दुतका रुपमा चयन हुने छन ।

अन्तराष्ट्रिय स्तरमा नियुक्त हुने पर्यटन दुतहरुले प्रदेशको पर्यटकीय क्षेत्रका बारेमा अन्तराष्ट्रिय स्तरमा प्रवर्धन गर्ने छन, भने राष्ट्रिय स्तरमा चुनिने पर्यटन दुतहरुले प्रदेशको चिनारी राष्ट्रिय स्तरमा गराउन भूमिका खेल्ने छन ।

‘अन्तर्राष्ट्रिय स्तरमा हुने मेला महोत्सव वा पर्यटन सम्बन्धी कार्यक्रमहरुमा मन्त्रालयले नियुक्त गर्ने पर्यटन दुतहरुले प्रदेशको पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराउनु हुनेछ,’ मन्त्री न्यौपानेले भने ‘राष्ट्रिय स्तरमा चयन हुने पर्यटन दुतहरुले प्रदेशको पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराउने काम गर्नुहुने छ ।’ अवैतनिक दुतहरुले प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी गराउने भएकाले आन्तरिक संगै बाह्य मुलुकबाट समेत पर्यटकहरु यहाँ भित्याउन सहज हुने मन्त्रालयले देखेको छ ।

‘लुम्बिनी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रका बारेमा सुरुमा जानकारी हुनु पर्यो, लुम्बिनीमा यो–यो स्थानमा यस्ता यस्ता खालका पर्यटकीय स्थलहरु छन है भन्ने जानकारी प्रदान गनरिनु जरुरी छ,’ मन्त्री न्यौपानेले भने ‘यो जानकारी दिने काम पर्यटन दुतहरुको हुने छ, पक्कैपनि लुम्बिनीका पर्यटकीय थलोहरुका बारेमा दुत मार्फत जानकारी भएको अवस्थामा हाम्रो लुम्बिनीमा पर्यटकहरुको आकर्षण बढेर जाने छ ।’

अवैतनिक पर्यटन दुत नियुक्त गर्ने निर्णय गरेको मन्त्रालयले यसको कार्यविधी निर्माण गरिरहेको छ । कस्ता कस्ता व्यक्तिलाई दुतका रुपमा नियुक्त गर्ने र उनीहरुले निर्वाह गर्नु पर्ने भूमिका बारे कार्यविधि निर्माण गरेर टुंगो लगाईने लुम्बिनी पर्यटन विकास परिषदका सदस्य सचिव रामु जोशीले जानकारी दिए ।

‘पहिला अवैतनिक दुतका रुपमा नियुक्त हुने व्यक्तिहरुको मापदण्ड बनाउनु प¥यो, अनि उहाँहरुले गर्नु पर्ने जिम्मेवारी स्पष्ट हुनु पर्छ र त्यसका लागि कार्यविधि निर्माणको काममा जुटेका छौँ,’ जोशीले भने ‘यो कार्यविधि चाँडै टुंगो लगाएर अवैतनिक पर्यटन दुत नियुक्तिको प्रकृया सुरु गरिहाल्छौं।’

लुम्बिनीको पर्यटन विकासका लागि गठन भएको पर्यटन विकास परिषदको ऐन तयार गर्न मन्त्रालयले प्रकृया अगाडि बढाउने र परिषदको बैठकमा तीन पटक वा त्यो भन्दा बढी बैठकमा सहभागी नहुने परिषदका मनोनित सदस्यहरुलाई परिषदका अध्क्ष –मन्त्री० ले हटाउन सक्ने निर्णय समेत गरिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *