दाङ, भदौ २५ । मध्य राति ७१ बर्षीय बृद्धाको हत्या गरेको आरोपमा ३५ बर्षीय युवक पक्राउ परेका छन् ।
रोल्पा जिल्लाको थवाङ गाउँपालिका – २ जाजरकोट टोलका ७१ बर्षीय सारु रोकाको राति साढे १२ बजेतिर हत्चा गरेको आरोपमा स्थानीय ३५ बर्षीय रामकुमार रोकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बन्दुकको कुन्डाले टाउकोमा प्रहार गर्दा सारु रोकाको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्याको खबर पाएपछि प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र केसीको कमाण्डमा पुगेको ५ जनाको टोलीले आरोपित रामकुमारलाई मदिराले मातेको अवस्थामा घरमै सुतिरहेको बेला नियन्त्रणमा लिएको थियो । बन्दुक घटनास्थलदेखि ७५ मिटर मुन्तिर पातिको झाडीमा फेला पारेको प्रहरीले बताएको छ ।
घटना थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्ती गाउँवाट प्रहरी निरीक्षक कृष्ण सोनीको कमाण्डमा थप ५ जनाको टोली घटनास्थलमा खटिएको छ ।
प्रकाशित मिति : २०८१ भाद्र २५ गते मङ्गलवार