२०८१ असोज २९ गते मङ्गलवार

बिपल पोख्रेलले दिए पदबाट राजीनामा

दाङ, भदौ २४ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले सोमबार पदबाट राजीनामा दिएका छन ।


महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी प्रदान गर्दै अध्यक्ष पोख्रेलले पदबाट राजीनामा दिएका हुन ।

तेस्रो पटक असोज ५ गतेलाई तोकिएको छ । यसअघि दुई पटक तोकिएको निर्वाचन हुन सकेको थिएन । अहिले आएर निर्वाचनको मिती तोकेको हप्ता दिनसम्म पनि निर्वाचन कार्यतालिका सार्वजनिक हुन सकेको छैन । अध्यक्ष पोख्रेलले आफ्नो कार्यकालमा महासंघ भित्र शुद्धिकरण अभियान चलाएका थिए ।

बिशुद्ध पत्रकार मात्रै महासंघमा रहनुपर्ने नीतिका साथ त्यो अभियान चलाइएको भएपनि त्यसले सदस्यताको बिबाद बढाएको थियो ।
जस्ले गर्दा यसअघि दुई पटक तोकिएको निर्वाचन हुन सकेको थिएन ।


ती सबै कुराहरुको नैतिक जिम्मेवारी लिदै अध्यक्ष पोख्रेलले पदवाट राजीनामा दिएको उल्लेख गरेका छन् । अब कार्यबहाक अध्यक्ष बिष्टले निर्वाचन गराउने आशासहित आर्थिकसहित सम्पूर्ण जिम्मेवारी उनैलाई सुम्पिएको पोख्रेलले उल्लेख गरेका छन् ।

आँफु भने भदौ २४ गते सोमबारदेखि नै लागु हुने गरि अध्यक्ष पदमा नरहने गरि राजनीमा दिएको उनले बताएका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *