तुलसीपुर, भदौ १२ । दाङको तुलसीपुर उपमहानगरपालिका – ६ रजौरास्थित कमलपोखरी फेरि पनि पुरै सुकेको छ ।
दक्षिण तर्फको पर्खाल नजिकै दुलो परेपछि त्यही बाट पानी बगेर पोखरी सुकेको हो । यसअघि पनि पटक ÷ पटक मर्मत गरिएपनि पोखरी सुक्दै आएको छ ।
साउन र भदौ महिनामै पानी सुकेपछि पोखरी परियोजना असफल हुने सरोकारवालाहरु चिन्ताहरु गरिरहेका छन् ।
दुई करोड बढी खर्चिएर निर्मित तालमा पानी नै नडिएपछि अब के गर्ने भन्ने बारे सरसल्लाह भइ रहेको कमलपोखरी सुधार कार्यका प्राविधिक इञ्जिनियर शरद अधिकारीले जानकारी दिए ।
युएसएआइडीको तयार नेपालले प्राजेक्ट नै मोडिफाइ गरि अब नयाँ ढंगले काम सुरु गर्ने (मर्मत गर्ने) बारे सल्लाह भइ रहेको पनि उनले बताए ।
तीन दिन भित्र त्यसबारे निर्णय सक्ने उनले जानकारी दिए । नयाँ कन्सन्ट्यान्ट हायर गरेर रिभाइभ नै गर्ने कि भन्ने बारे छलफलहरु सुरु भएको उनले जानकारी दिए ।
तयार नेपालले कमलपोखरी सुधार तथा मर्मतको काम गर्दै आइरहेको छ । सुधारको काम गत फागुनदेखि सुरू भइ असार ३ गतेसम्म चलेको थियो ।
यो समयमा कमलपोखरी सुधार कार्य अन्तर्गत कुल लागत (भ्याट बाहेक) ५९ लाख ७८ हजार ५९२ रुपैयाँ खर्च गरिएको थियो । त्यो रकमबाट पोखरीभित्रको सतह रातो माटोले पुरी ‘बेन्टो नाइट पाउडर’ मिलाएर राखिएको थियो। कमलपोखरी सुधार कार्यका प्राविधिक इञ्जिनियर शरद अधिकारीले एक लेयर माटो र पाउडर फिलिङ गर्दा झन्डै १२ टिपर माटो र ५० केजीको ५०० बोराका दरले ‘बेन्टो नाइट पाउडर’ मिलाएर कम्प्रेसरले पेलिएको थियो ।
कुल ३६ टिपर माटो र झन्डै १५०० बोरा ‘बेन्टो नाइट पाउडर’ मिसाएर फिलिङ पोखरीको भित्री भाग फिलिङ गरिएको थियो। त्यसपछि केही समय पोखरीमा पाँच बर्ष पछि पहिलो पटक पानी भरिभराउन भएको थियो । त्यो अबलोकन गर्न आउने सर्वसाधारणको भिड लाग्न थालेको थियो ।
तर, पोखरीमा पोखरी धेरै समय अडिएर रहेन । पोखरीको सिँढी नजिकै, बीचमा निर्मित क्रँकिट कमलको फूलको आकृतिको ठिक मुनी र उत्तरतर्फको पर्खालमा दुलो परी सबै पानी बगेर गएको थियो। ती सबै दुलोहरु सिमेन्टले टालिएको थियो । त्यसपछि तालमा पानी अडिएको थियो । फेरि दक्षिण तर्फको पर्खाल नजिक दुलो परेपछि पानी सुकेको हो ।
तुलसीपुरका इञ्जियिनर हिमाल शर्माले पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले पनि तालको बाहिरी संरचना मर्मतका लागि साढे ६ लाख खर्चिएको थियो । त्यो रकमले पोखरी बाहिरको गेटसहित केही पर्खाल निर्माणको काम गरिएको जानकारी दिए ।
कमलपोखरी आधुनिक बनाउने नाममा यो भन्दा पहिले तुलसीपुर उपमहानगरपालिकाको २५ लाख रुपैयाँ, लुम्बिनी सरकारअन्तर्गत कोहलपुर पर्यटन डिभिजन कार्यालयको ४६ लाख ५४ हजार ३५२ रुपैयाँ र युएसएआइडीको तयार नेपालको (भ्याटसहित) ८० लाख ५ हजार ६०१ रुपैयाँ खर्च भइ सकेको थियो ।
तयार नेपालले फेरि फागुनदेखि असार ३ गतेसम्म मर्मत तथा सुधारका लागि (भ्याट बाहेक) ५९ लाख ७८ हजार ५९२ रुपैयाँ खर्च गरेको थियो ।
पोखरीमा यी सबै निकायको हालसम्म दुई करोड बढी रकम खर्च भइ सकेको छ । तर, पनि पानी नअडिएपछि सबै आलोचना सुरु भएको छ ।