२०८१ भाद्र २७ गते बिहिवार

अब बुटवल, भैरहवा र पाल्पामा अनलाइनबाट ट्याक्सी बुकिङ गर्न सकिने

काठमाडौं, भदौ १२ । अनलाइनबाट ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’ ले लुम्बिनी प्रदेशमा सेवा विस्तार गरेको छ ।

इक्याबले लुम्बनी, बुटवल, भैरहवा र पाल्पामा एकै साथ सेवा विस्तार गरेको हो ।

सुरुवाती चरणमा यी शहरमा आइतबारदेखि सुरू हुने सेवा बापत चालकहरूले कमिसन तिर्न नपर्ने कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष मण्डल बताए ।

कम्पनीले विद्यार्थीलाई लक्षित गरी ‘बाइक हाम्रो, आम्दानी तपाईंको’ सेवासमेत सञ्चालन गरि रहेको छ । जस अन्तर्गत कम्पनीले विद्यार्थीलाई बाइक उपलब्ध गराउने र आम्दानी बाँडफाँड गर्ने उनले बताए ।

विभिन्न देशबाट नेपाल यात्रा गर्ने यात्रुहरूले अनलाइनमार्फत नै स्यड्युल बुकु गरेर एयरपोर्टमै प्राइभेट ट्याक्सी उपलब्ध गरिने सुविधा समेत इक्याबमा रहेको छ ।

इक्याब नेपालमार्फत काठमाडौं उपत्यकाभर पार्सल डेलिभरीको काम म्याड एड एजेन्सीसँग सहकार्य गर्दै आइहेको छ ।

इक्याब नेपालमा हालसम्म १० हजार भन्दा बढी ट्याक्सीहरू आबद्ध रहेको सञ्चालकको दाबी छ ।

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *