२०८१ असोज ४ गते शुक्रवार

नेपालगञ्जबाट ३४ तोला सुनसहित मानिस पक्राउ

दाङ, भदौ ११ । बाँकेको नेपालगञ्जबाट ३४ तोला सुन र साढे १० किलो चाँदीसहित केही मानिस पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले सुराकीको आधारमा पिछा गर्दै जाँदा केही मानिसहरुलाई ३४ तोला सुन र साढे १० केजी चाँदीसहित पक्राउ गरिएको बताए ।

पक्राउ परेकाहरुलाई मंगलबार सार्वनिक गर्ने प्रहरीले जानाकारी दिएको छ ।

प्रारम्भीक वयानका क्रममा ‘सुनारमण्डली’ भन्ने ठाउँवाट ३४ तोला ल्याएको भन्ने कुरा पक्राउ परेकाहरुले गरेका छन् । एक सुन बनाउने कारखानामा सुन र चाँदी बिक्री गर्न गएका ब्यक्तिहरुको पिछा गरेर प्रहरीले ठूलो परिमानमा सुन र चाँदी बरामद गरेको हो ।

बरामद सुन र चाँदीको बिल वा भरपाइ केही फेला नपरेको हुँदा त्यो अबैद्य रुपमा कारोबारीले ल्याएको दाबी प्रहरीको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *