२०८१ भाद्र २३ गते आइतवार

बेलटाकुरा, दूधेना कृष्णमन्दिर लगाएतका स्थानमा कृष्ण जन्माष्टमी पर्वको उल्लास

तुलसीपुर , भदौ १० । दाङ तुलसीपुरका बिभिन्न स्थानमा आज लाखे जात्राको उल्लास छ ।

‘श्रीकृष्णजन्माष्टमी’ पर्वको अवशरमा आज तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न स्थानमा मेला लाग्ने गर्छन । तुलसीपुर – ११ बेलटाकुरा गाउँ, तुलसीपुर – ८, तुलसीपुर – ४ खाद्रे लगाएतका स्थानमा को दुधेना मन्दिर क्षेत्रमा लाखे जात्राको नाचका साथै मेलाको उल्लास छ ।

बेलटाकुरकाका कैलाश चन्दले मेलाको सबै प्रबन्ध पुरा भइ सकेको र मानिसहरु मेलामा आउने क्रम सुरु भएको जानकारी दिए । झन्डै ७ दशक भन्दा पहिले देखि बेलटाकुरामा लाख नाच हुँदै आएको छ ।
त्यस्तै दूधेनाको कृष्ण मन्दिर परिशरमा तीन दिन मेला लाग्ने भएको छ ।

मौलिक र सांस्कृतिक पर्व लाखे जात्राको उल्लास तीन दिनसम्म मनाउन थालिएको स्थानीय शोभाकर सापकोटाले जानकारी दिए ।
आइतबार बेलुका कृष्ण मन्दिरमा लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री आएका थिए । मेलाको सबै तयारी पुरा भइ सकेको तथा मानिसहरुको जमघट सुरु भइ सकेको सापकोटाले बताए ।

तुलसीपुर – ४ खाद्रे बनहरीमा बिगतदेखि नै लाखे नाच हुने एक प्रमुख स्थल हो । यहाँ पनि बिगत ६÷७ दशक भन्दा पहिलेदेखि लाखे नाच्दै आइएको स्थानीय युवा सुन्दर रोकाले बताए । खाद्रेको लाखे नाच बिगतमा जिल्लाकै उत्कृष्ट मध्यको लाखे नाच मानिने रोकाले बताए । लाखे नाचको रमाइलो हेर्नेहरु काद्रेमा जमघट हुने गर्छन । यहाँ पनि मेला लाग्ने गर्छ ।

लाखे नेपालको सांस्कृतिक र मौलिक नाच हो । बिगतदेखि नै यो लाखे नाच नेवार समुदायले जोगाउँदै आएको मान्ने गरिन्छ । तर, बेलटाकुरामा ठकुरी समुदाय र खाद्रेमा मगर समुदायले बिगतदेखि नै लाखे नाचको जगेर्ना गर्दै आएका छन् । दुधेनाको कृष्ण मन्दिरमा पछिल्लो समय बिभिन्न जात जातिका मानिसहरु मिलेर लाखे नाचको मौलिक र सांस्कृति पक्षको संरक्षण तथा सम्बद्र्धनमा लागेका छन् ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व श्रीकृष्ण भगवानको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै आएका छन् । भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ ।

आज कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरिन्छ । विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *