२०८१ असोज ३ गते बिहिवार

कलाकार विपीन कार्कीलाई मातृशोक

काठमाडौ,भदौ ६ । कलाकार विपीन कार्कीलाई मातृशोक परेको छ ।

कार्कीकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको हो ।

फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या भएपछि उनकाे केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनको आजै बिहान १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कलाकार विपीनको आज जन्म दिन हो । जन्मदिनको दिन कार्कीले आफ्नी ममतामयी आमा गुमाएका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *