२०८१ भाद्र २३ गते आइतवार

बिद्यालयमा वान्ता भइ अस्पताल ल्याए, घर लगेपछि फेरि समस्या बल्झिदा छात्राको मृत्यु भयो

तुलसीपुर, भदौ ५ । दाङको तुलसीपुर उपमहानगरपालिका – १९ हाडिमेकी १६ बर्षीया आकृती चौधरीलाई मंगलबार दिउँसो बिद्यालयमा वान्ता हुन थालेपछि अस्पताल ल्याइयो ।


सहिद स्मृति आवासिय माध्यामिक बिद्यालय बिजौरीमा कक्षा ७ मा अध्यनरत चौधरीलाई वान्ता हुन थालेपछि बिद्यालयवाटै उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
केही बेरको उपचार पछि आकृतीको वान्ता रोकियो ।

उनलाई सलाइन चराइएको थियो । अवस्था सामान्ने भएपछि उपचारमा संलग्न चिकित्सकले पनि निगरानीका लागि अस्पतालमै राखेपनि हुने वा घर लैजान्छु भनेपनि लैजान सल्लाह दिए । वान्ता रोकियको भन्दै आफन्तले उनलाई घर लगे ।

घर लगेकी आकृतीलाई मंगलबार राति ९ बजेपछि फेरि गाह्रो हुन थाल्यो । त्यसैले उनलाई फेरि राति १० बजेतिर राप्ती प्रादेशिक अस्पताल ल्याइयो । उनलाई तत्कालै चिकित्सकले राति १० ः ४० बजेतिर मृत घोषणा गरिदिए ।
आकृतीको मृत्यु पछि आफन्तले आकृतीको उपचारमा चिकित्सकले लापरबाही गरेको दोषारोपन गर्न थाले । त्यसबारे बुधबार बिहान अस्पतालमा प्रहरी प्रशासनको रोहवरमा अस्पतालमा पीडित पक्ष र अस्पताल प्रशासनको बीचमा छलफल भयो । छलफल तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, वडा नं. १९ का वडाध्यक्ष प्रेमनाथ योगी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोख्रेल, अस्पतालका मेसु डा. पदमराज अधिकारी, अस्पताल बिकास समितका अध्यक्ष पदमप्रशाद न्यौपानेका बीचमा भएको थियो ।


डिएसपी पोख्रेलका अनुसार उपचारमा संलग्न चिकित्सकले आपरबाही गरेको देखिन ।
तर, पनि तुलसीपुर उपमहानगरपापिलका र वडा नं. १९ ले पीडित परिवारको अर्कौ एक जना बच्चालाई कक्षा १२ सम्म निशुल्क अध्यनका लागि ब्यबस्था गरिदिने निर्णय भएको छ । सकभर नगर र वडाबाट पनि राहात उपलब्ध गराउने सहमति भएको अस्पतालका मेसु डा. अधिकारीले बताए ।


इप्रका प्रमुख डिएसपी पोख्रेलले पनि उपचारमा लापरवाही भएको नदेखिएको खुल्न आएको बताए ।
अस्पतालका मेसु अधिकारीका अनुसार आकृतीको मृत्युको कारण खुल्न सकेको छैन । पोष्टमार्टम रिपोर्ट पछि मात्रै किशोरीको मृत्युको कारण खुल्ने उनले जानकारी दिए ।

‘अब परिवारको चाहाना अनुसार हामी अगाडि बढ्ने हो,’ अधिकारीले भने ‘ उहाँले भिरेसा परीक्षणका लागि रिपोर्ट काठमाडौं पठाउ भनेपछि हामी त्यही गर्ने छौं।’ त्यो भिसेरा रिपोर्ट पछि बल्ल मृत्युको कारण खुल्ने उनले बताए ।

प्रकाशित मिति : २०८१ भाद्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *