२०८१ भाद्र २६ गते बुधवार

मोटरसाइकलको ठक्करबाट ८ बर्षे बालक घाइते

तुलसीपुर, भदौ ३ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट आठ बर्षीय एक बालक घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका – २ खैरीपुरका ८ बर्षीय सौरभ रेउलेलाई मोटरसाइकलले ठक्कर दिदा टाउको, निधार लगाएत शरिरका अन्य भागमा चोट पटक लागेको छ । घाइते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ ।

तुलसीपुर – ५ बासपार्कको पुलचोक नजिकै पश्चिम तर्फ जाँदै गरेको अल्फावेट नखुलेको मोटरसाइकलले बालक रेउलेलाई ठक्कर दिएको थियो ।

मोटरसाइकल र त्यसका चालकको खोजी भइ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *