२०८१ भाद्र २६ गते बुधवार

टिप्परले मोटरसाइकलाई ठक्कर दिदा युवक गम्भीर घाइते

तुलसीपुर, भदौ १ । दाङको घोराहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा घोराहीका एक युवक गम्भीर घाइते भएका छन् ।

राति सवा १० बजेतिर घोराही उपमहानगरपालिका – १५ दिपज्योति हस्पिटल नजिक घोराही बजार तर्फ आउँदै गरेको रा १ ख २२५४ नम्बरको टिप्परले घोराही – १५ दिपशिखा चोकका २८ बर्षीय शक्तिसिंह जिसी सवार रा १ प ८८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


घाइते जिसीलाई घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार पछि शनिबार बिहान ४ बजेतिर थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकलक कलेजमा रिफर गरिएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रामप्रशाद तिमल्सिनाले बताए । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

टिप्पर चालक घोराही – १५ भरतपुरका २४ बर्षीय प्रबिण चौधरी प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८१ भाद्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *