२०८१ असोज ५ गते शनिवार

तुलसीपुरमा दिनदाहाडै अटोचालक माथि खुकुरी प्रहार

तुलसीपुर, साउन ३० । दाङको तुलसीपुरमा बुधबार दिनदाहाडै एक जना अटोचालक माथि खुकुरी प्रहार भएको छ ।

खुकुरी प्रहार बाट तुलसीपुर उपमहानगरपालिका – ५ का अटोचालक ३० बर्षीय बिजय श्रेष्ठ घाइते भएका छन् । उनको दाँया हातको बुढी औंला र बाँया हातको पैंती औंलामा गहिरो घाउखत लागेको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि उनी डिस्चार्ज भइ सकेका छन् ।

बिहान साढे ११ बजेतिर तुलसीपुर – ६ यातायात कार्यालय अगाडि भाडाका बिषयलाई लिएर ४÷ ५ जनाको संख्यामा रहेका युवाहरुको एक समुहले श्रेष्ठमाथि खुकुरी प्रहार गरेको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले तुलसीपुर – ९ दोघरेका अन्दाजी ४० बर्षीय रामशरण बैश्य र तुलसीपुर – ५ का २३ बर्षीय जिबी मगर लगाएतको समुहले भाडाको बिषयमा बिबाद गरि खुकुरी प्रहार गरेका थिए । श्रेष्ठले हातले छल्न खोज्दा हातका औंलाहरुमा घाउ खत बेहोर्नु परेको हुन सक्ने प्रहरीको अनुमान छ ।


घटना पछि फरार रहेका उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

भाडाको बिषयमा बिबाद गरि अटो समितिका तुलसीपुर उपाध्यक्षसमेत रहेका श्रेष्ठमाथि युवाहरुको समहुले खुकुरी प्रहार गरेका थिए ।

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *