२०८१ भाद्र २३ गते आइतवार

मेयर खड्का र प्रशासकीय अधिकृतले नवलपुर–प्रिगाउँ सडक खण्ड कालोपत्रेको बजेट कटौती गरेको भन्दै बिरोध

तुलसीपुर, साउन ३० । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र प्रमुख प्रशासकीय अधिकृत गेहन्द्रबहादुर डाँगीले मिलेर तुलसीपुर उपमहानगरपालिका – ११ अन्तरगत पर्ने नवलपुर प्रिगाउँ सडक खण्डको रकम कटौती गरेको आरोप लागेको छ ।

आर्थिक बर्ष २०८१ ÷ ०८२ को बजेटबाट पारित भइ उपमहानगरको प्रथम बैठकले नवलपुर– प्रिगाउँ सडक खण्ड कालोपत्रेका लागि भनेर छुट्याएको एक करोड २० लाख बजेट पारित गरेको थियो ।
त्यो कुरा उपमहानगरको रातो बुकमासमेत प्रकासित भइ सकेको थियो । तर, यतिखेर आइ मेयर खड्का र प्रमुख प्रशासकीय अधिकृतले मिलेर आँफुखुसी नवलपुर – प्रिगाउँ सडक खण्डको बजेट कटौती गरि जम्मा ९० लाख मात्रै दिन थालेको स्रोतले फरककोणलाई बताएको छ ।

नगरसभाले पारित गरेको बजेट रकम अभावको कारण भन्दै कटौती गरेको खवर सुनेपछि स्थानीय रुष्ट बनेका छन् ।
यस्तो खबर सुनेका स्थानीय नगरपालिकामा धर्नादेखि घेराउ गर्न जाने बाध्य हुने चेतावनी दिन थालेका छन् । स्थानीय युवा माधव वली र तिलक चौधरीले रकम कटौती भइ सडक खण्ड कालोपत्रे नहुने स्थिति सृजना भए आँफुहरु बिरोधमा उत्रन बाध्य हुने बताए । ‘ हामी कहिले सम्म यस्तो बाटोमा हिडिरहने,’ उनले भने ‘ कर भने उठाउने तर, नाम मात्रैको उपमहानगरपालिका बासी हामी कहिले सम्म हुने ।’

सुख्खा मौसममा धुलाम्मे र बर्षामा हिलाम्मे हुने नवलपुर – प्रिगाउँ सडक खण्ड कालोपत्रेका लागि एक करोड २० लाख बजेट छुट्याइएको खबर यसअघि नै स्थानीय जनप्रतिनिधिबाट सुनेका स्थानीय अहिले आएर बजेट कटौती भएको खबर थाहाँ पाएपछि रुष्ट बनेका छन् ।

‘ के तुलसीपुर उपमहानगरपालिका भनेको बजार क्षेत्रको बिकास गर्नु मात्रै हो,’ चौधरीले प्रश्न गरे ‘ हामी कहिले सम्म यस्तो धुलाम्मे र हिलाम्मे बाटोमा हिडिरहनु पर्ने हो, यस्तै हेपाइ हामीम माथि भइ रहने हो भने हामी नगरपालिका घेराउन गर्न जान बाध्य हुने छौं ।’
रकम अभाव छ भन्दै नगरसभाले पारित गरि सकेको रकमबाट ३० लाख मेयर खड्का र प्रमुख प्रशासकीय अधिकृतले आँफु खुसी कटौती गरेको कुरा आँफुहरुले जनप्रनिधिबाट सुनेपछि दिकदारी लागेको चौधरीले बताए ।

तुलसीपुर उपमहानगरका इञ्जिनियर पवनकुमार योगीले नवलपुर – प्रिगाउँ सडक खण्ड कालोपत्रेका लागि यसअघिका ठेकेदारले काम गर्न नसकेको हुँदा त्यो कम्पनीलाई कालो सूचिमा राखेर जमानत जफत गरि अहिले फेरि नयाँ टेन्डर खोल्ने तयारी भइरहेको बताए ।

नब्बे लाखको टेन्डर खोल्न आँफुहरुलाई भनिएपनि तुलसीपुर – ११ का वडाध्यक्ष मानवहादुर रावतले त्यसको बिरोध गरि रहेको हुँदा प्रक्रिया अवरुद्ध भएको संकेतपनि इञ्जिनियर योगीले जानकारी दिए ।
एक करोड २० लाख मध्य ३० लाख रकम कटौती गर्दा नवलपुर–प्रिगाउँ सडक खण्ड अन्तरगत प्रिगाउँसम्म कालोपत्रे गर्ने रकम नपुग्ने भन्दै वडाध्यक्ष रावतले बिरोध गर्दै आएका छ्न् ।


‘ आर्थिक बर्षको बजेट बक्तब्यमा प्रस्तुत भइ नगरसभाले पारित गरि सकेको बजेट कटौती गर्नु न्यायोचित होइन,’ वडाध्यक्ष रावतले भने ‘ त्यो भनेको र्षौैं पुरानो सडक कालोपत्रे गर्ने कुरा थियो । त्यहाँ स्थानीयले पनि राम्रो सडकको प्रयोग गर्न पाउनु पर्छ भन्ने कुरा हो ।’

नवलपुर – प्रिगाउँ सडक खण्डलाई कालोपत्रे गर्नका लागि यसअघि छुट्याइएको एक करोड २० लाख नै कायम गरि टेन्डर आह्वान गर्नुपर्ने माग वडाध्यक्ष रावतले पनि गर्दै आएका छन् ।
‘ हामीमाथि अन्याय गर्न पाइदैन,’ उनले भने ‘ बजेट कटौती गरि ९० लाखमा मात्रै टेन्डर आह्वान भए आधा सडक मात्रै कालोपत्रे हुने हुँदा त्यो कुरा स्वीकार्य हुनै सक्दैन भनेर स्थानीयले मलाई थर्काउन थालेका छन् ।’

तर, नगरका जिम्मेवार अन्य पदाधिकारीहरुले भने अहिले आधा कालोपत्रे गर्ने र फेरि अर्कौ पटकको बजेटले आधा सडक खण्ड कालोपत्रे गर्ने कुरा गरि रहेको हुँदा अधकचल्टो काम गर्न नहुने उनको मत छ ।

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *