तुलसीपुर , साउन २८ । दाङमा सोमबार दिउँसो भएको बस दुर्घटनामा परि २२ यात्रु घाइते भएका छन् ।
बुटवलवाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको बस दुर्घटनामा परि २२ यात्रु घाइते भएका छन् । घाइते मध्य १३ जनाको अवस्था मध्यम रहेको छ भने नौं जनाको अवस्था सामान्ने रहेको छ ।
बुटवलबाट तुलसीपुर तर्फ आउँदै गरेको लु १ ख ८४१२ नम्बरको बस जिल्लाको घोराही उपमहानगरपालिका – १७ बेलभारमा दुर्घटना भएको थियो । घाइतेको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार जारी रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद तिमल्सिनाले जानकारी दिएका छन् ।
प्रहरी नियन्त्रणमा रहेका चालक तुलसीपुर उपमहानगरपालिका – १८ का २९ बर्षीय बिवेक कार्कीले स्टेरिङले काम नगरेका कारण बस दुर्घटनामा परेको प्रहरी समक्ष वयान गरेका छन् ।
बस दुर्घटनामा परि घाइते भएकाहरु –
१ – दाङ तुलसीपुर – ५ की २१ बर्षीया जयन्ती रोका ।
२ – तुलसीपुर – १५ का बर्ष ५४ का डबल बहादुर ।
३ – दाङ लमही नगरपालिका – ८ बर्ष २७ की सविना अधिकारी ।
४ – लमही – ८ की बर्ष ३ की प्रिन्सा भट्टराई ।
५ – घोराही – १४ की बर्ष ३५ की मनमाया बुढा ।
६– घोराही – २ बस्ने बर्ष ४६ की माया शाह ।
७– घोराही – १३ बस्ने बर्ष २५ की सृजना भुजेल ।
८– घोराही – १५ बस्ने बर्ष २५ का रिजवान सलमानी ।
९– घोराही – १५ की बर्ष १५ की सन्जु दसौदी ।
१०– बसका सहचालक घोराही – ११ बस्ने बर्ष २२ को संगम खडका ।
११– घोराही – १ बस्ने बर्ष २५ की मिरा कुँवर योगी ।
१२ – घोराही – १ बस्ने मिराको बर्ष २ को सिनास कुँवर ।
१३ – बङलाचुली गाउँपालिका – ७ बस्ने बर्ष २६ को मनोज थापा मगर ।
१४– जिल्ला लमजुङ राईनास ननगरपालिका – ६ बस्ने बर्ष ४० की नेबिसा बुढाथोकी ।
१५– राइनास नगर – ६ का बर्ष ४० का बाबुराम कार्की ।
१६ – जिल्ला कपिलबस्तु बुद्धभूमी नगरपालिका – ९ बस्ने बर्ष ३१ की उशा अर्याल ।
१७ – बुद्धभूमी – ३ बस्ने बर्ष ६० का भोजराज पौडेल ।
१८ – बुद्धभूमी – ३ बस्ने बर्ष २४ की रिता खनाल ।
१९– जिल्ला बाँके जानकी गाउँपालिका – ३ बस्ने बर्ष ३१ का लक्ष्मी नारायण ।
२० – जानकी गाउँपालिका – ३ बस्ने बर्ष ३१ का रामसाह काँदु,
२१ – जिल्ला गुल्मी रेसुङगा नगरपालिका –३ बस्ने बर्ष ३० का शमशेर थापा ।
२२– गुल्मी रेसुङगा नगरपालिका –३ बस्ने बर्ष ५६ की भिमा कुमारी थापा घाइते भएको जिज्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।