२०८१ भाद्र २३ गते आइतवार

हरेक युवामा रक्तदान गर्नुपर्छ भन्ने भावना र चेतना हुनुपर्छ – टीकाराम खड्का

तुलसीपुर, साउन २८ । नगर युवा परिषद् तुलसीपुरले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । त्यसक्रममा १७ जना युवा युवतीले रक्तदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुरका मेयर टीकाराम खड्काले हरेका युवामा रक्तदान गर्नुपर्छ भन्ने भावना र चेतना हुनुपर्ने बताए ।

रक्तदान गर्ने व्यक्ति सधै स्वस्थ रहने हुँदा रक्तदानले दातालाई कुनै हानी नगर्ने बताए ।
रक्तदानले रगत अभाव सहज बनाउने हुँदा हरेक नागरिक जिम्मेवार हुनुपर्नेमा मेयर खड्काले जोड दिएका थिए ।

तुलसीपसर क्षेत्रमा रगत अभाव बढ्न थालेकाले युवा दिवसको अवसरमा रक्तादान कार्यक्रम गरिएको युवा नगर परिषद्का अध्यक्ष प्रकाश रावतले बताएका थिए ।

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *