२०८१ भाद्र २३ गते आइतवार

१ दिन कैद तोकिएका २ जना पक्राउ

साउनमा पक्राउ परे ११ जना फरार प्रतिबादी

तुलसीपुर, साउन २८ । साउन महिनामा मात्रै ११ जना फरार प्रतिबादी पक्राउ परेका छन् । एक दिन कैद सजाय तोकिएका दुई जना पक्राउ परेका छन् ।


चिरान काठ सम्बन्धि कसुरमा २०७९ चैत २३ गते १ दिनको कैद सजाय तोकिएका किरण बुढा साउन १४ गते पक्राउ परेका छन् । २०७९ माघ १० गते लेनदेन मुद्दामा एक दिनको कैद सजाय तोकिएका लालबहादुर पुनलाई प्रहरीले साउन २४ गते पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद तिमल्सिनाले बताएका छन् ।


बैंकिङ कसुर मुद्दामा २०८१ असार १० गते १० दिनको कैद सजाय तोकिएका केशब सुबेदी साउन ३ गते पक्राउ परेका थिए । त्यस्तै लेनदेन मुद्दामा १० दिन कैद सजाय तोकिएका दिलकुमार पुन मगर साउन १७ गते पक्राउ परेका छन् । २०७९ फागुन १९ गतेको अदालतको फैसला पछि उनी फरार रहँदै आएका थिए ।

अन्य पक्राउ पर्नेमा वन मुद्दामा २०७१ साल जेठ १२ गते २० हजार चार सय ६२ आर्थिक जरिवाना र १५ दिनको कैद तोकिएका तिलकराम चौधरी यही साउन १ गते पक्राउ परेका छन् ।
लेनदेन मुद्दामा २०७८ असोज १३ गते दुई बर्ष कैद सजायको फैसला भएकी सुनमाली घर्ती साउन ३ गते पक्राउ परेकी हुन ।
त्यस्तै अखेटो पाहार मुद्दाका फरार प्रतिबादी शिवराज नेपालीपनि साउन १४ गते पक्राउ परेका छन् । उनले ८ महिना कैद र दुई हजार रुपैंया जरिवाना भुक्तान गर्नु पर्ने छ ।

सवारी ज्यान मुद्दामा २०८० पुस १ गते १३ दिन कैद सजायको फैसला पछि फरार रहेका मोक्तान चौधरी साउन १५ गते पक्राउ परेका छन् ।

सवारी ज्यान मुद्दामा २ बर्ष कैद सजाय तोकिएका कृष्णबहादुर बिक साउन १७ गते पक्राउ परेका छन् । दाङ जिल्ला अदालतले २०७९ असार २८ गते बिकलाई २ बर्ष कैद सजायको फैसला सुनाएको थियो ।

पाँच वटा मोवाइल चोरी मुद्दामा २०८० असोज ६ गते ४० दिन कैद र ६ हजार जरिवानाको फैसला पछि फरार रहँदै आएका सुरद बादीपनि साउन १५ गते पक्राउ परेका छन् ।

चोरी मुद्दामा २०८० साल मंसिर २२ गते १० महिना २९ दिन कैद सजाय र दश हजार जरिवाना तोकिएका दिनेश नेपाली साउन २५ गते पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रामप्रशाद तिमल्सिनाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *