२०८१ भाद्र २३ गते आइतवार

‘प्रेम’ सुशिलाको हत्या आरोपमा पक्राउ

दाङ, साउन २७ । ४९ बर्षीया एक महिलाको हत्या आरोपमा २३ बर्षे युवक पक्राउ परेका छन् ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – ४ की लामाचौरमा आफ्नै घर भित्रै ४९ बर्षीया सुशिला मल्ल साउन २३ गते बिहान हत्या गरेको अवस्थामा फेला परेकी थिइन ।


प्रहरीले घटना अनुसन्धान गर्दै जाँदा साउन २५ गते जिल्लाको चौरजहारी नगरपालिका – ११ माथिल्लो सार्केनाका २३ बर्षीय प्रेम मल्ललाई पक्राउ गरेको थियो ।
आपसी प्रेम सम्बन्धका कारण प्रेमले सुशिलाको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक दखतबहादुर शाहीले बताए ।


प्रेम र सुशिलाको डेढ बर्ष पहिले जाजरकोट जिल्लाको रिम्ना मेलामा भेट भएपछि आपसमा मोवाइलट नम्बर साटासाट भएको र त्यसपछि उनीहरुका बीचमा नियमित सम्बन्ध रहेको देखिन आएको प्रहरी अधिकारीले बताएका छन् ।

पछिल्लो समय साउन २१ गते प्रेम सुशिलालाई भेट्न उनकै घरमा आएका थिए । त्यो दिन राति संगै बसेका उनीहरु बिहानै उठेर रिम्ना बजार, चाइनाबगर घुमेर बेलुकी फेरि सुशिलाको घरमा आएका थिए । प्रेम अबिबाहित हुन भने सुशिलाका श्रीमानपनि बितेको १९ बर्ष भइ सकेको छ । सुशिलाका तीन छोराहरु मध्य दुई जना तेस्रो मुलुक र कान्छा भारतमा रहेको प्रहरीले जानकारी दिएको छ ।

घरमा सुृशिला जेठी बुहारी संगै बस्थिन । तर, जेठी बुहारी भूकम्पपछि निर्मित छुट्टै टहरामा ती दिनहरुमा बास बसेकी थिइन । साउन २२ गते मध्य रातितिर सुशिलाले प्रेमलाई आँफुलाई बिहे गर्न प्रस्ताब गर्छिन । गाउँ घरमा हल्ला भएको र सबैले थाहाँ पाएको हुँदा बिहे गर्न दबाब दिन थाल्छिन् ।

प्रेमले त्यो कुरा नकारेपछि उनीहरुका बीचमा बिबाद सुरु हुन्छ । त्यही बीचमा प्रेमले तावा, सिलौटो, लोरो, चम्मच लगाएका बस्तुले आक्रण गरि सुशिलाको हत्या गर्छन । अन्तिममा उनले सलले घाँटी कसेर मृत्यु भएको एकिन पछि सुशिलाको मोवाइल साथमै घरमै लगेर जान्छन् । त्यही मोवाइलबाट प्रेम फेला पर्छन र प्रहरी उनलाई पक्राउ गर्न सफल हुन्छ ।


आफ्नो कान्छो छोरा उमेरको युवकसंगको प्रेम सम्बन्ध र बिहे गर्न दिएको दबाबका कारण सुशिलाको हत्या प्रेमले गरेको प्रहरी अधिकारी बताउँछन् ।

सुशिला आँफु माता थिइन भने प्रेमपनि गाउँ घरमा त्यस्तै धामीको काम वा झारफुक गर्ने युवक भएको प्रहरी बताउँछ ।

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *