तुलसीपुर, साउन २७ । शान्तिनगरको बौलाहा खोलामा नुहाउन भनेर गएका एक बालकको डुबेर मृत्य ुभएको छ ।
शान्तिनगर गाउँपालिका – २ का ११ बर्षीय अनिश बिष्टको बौलाहा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
शान्तिनगर – ५ स्थित बौलाहा खोलाको बाँधमा नुहाउनका लागि पुगेका तीन जना बालक मध्य बिष्टको डुबर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार बौलाहा खोलामा नयाँ बाँध बाँधेको ठाउँमा बालकहरु नुहाउन गएको सयमा बिष्टको दुडेर मृत्यु भएको हो ।
प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार