दंगीशरण साउन २६ । दंगीशरण गाउँपालिका – ४ को सुकदेवामा नवनिर्मित योगहल भवनको उद्घाटन गरिएको छ ।
यो योग भवन गाउँपालिकाको १० लाखबाट निर्माण भएको होे ।
योगहलको गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पीमा वली खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
भवन उद्घाटन पछि गाउँपालिका अध्यक्ष गिरीले शारिरीक र मानसिक स्वास्थ्यका लागि यो योग अपरिहार्य रहेको बताए ।
उनले ब्यक्तिले आफ्नो मानसिक स्वास्थ्यलाई स्वस्थ्य राख्न योगमा जोडिन स्थानीयलाई आग्रह गरे ।
योगहल यहाँ हुने सार्वजनिक कार्यक्रम गर्नका लागि पनि उपयोग गरिने भएको छ ।
गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काले योगहल निर्माणले बिहान योग प्रणायाम र दिउँसोको समयमा जुनसुकै कार्यक्रम गर्न मिल्ने गरि योगहलको निर्माण भएको बताइन । सवैले योग प्रणायाम र ध्यानको महत्वववारे बुझेर समाजलाई स्वस्थ्थ र सस्कारयुक्त बनाउन उपाध्यक्ष खड्काले आग्रह गरिन ।
कार्यक्रममा पतञ्जली योग समिति दाङका सहप्रभारी बिनोद चौधरीले योगको फाइदा र यसको महत्वबारे प्रकाश पारेका थिए । योगको वारे बोलेर भन्दापनि अभ्यास बाट मात्र पुरा हुने हुँदा अभ्यासमा ध्यान दिन उनले आग्रह गरे ।
दंगीशरण – ४ का वडा सदस्य सिताराम चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काको बिशिष्ट आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमको सहजिकरण पतञ्जली योग समिति शान्तिनगरका प्रभारी निमबहादुर खड्काले गरेका थिए ।