तुलसीपुर, साउन २४। घोराहीबाट सर्वसाधारणबाट अनुचित लाभ उठाउने सात जना मिटर ब्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा श्रीमान श्रीमतिसहित पाँच महिला र दुई जना पुरुष रहेका छन् ।
जस्को योजनाकार एक जना मुख्य महिला रहेको प्रहरीले बताएको छ ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरी घर घइ पछिल्लो समय घोराही उपमहानगरपालिका – १५ विपी चोकमा बस्ने ५७ बर्षीया माधवा बस्नेत अनुचित लेनदेनको मुख्य योजनाकार रहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।
पीडितहरुले अदालतबाट जाहेरीवालाका नाममा म्याद दिएको आधारमा साउन २० गते जिल्ला प्रहरी कार्यालय घोराही दाङमा गइ मुख्य योजनाकार माधवा बस्नेतसहित उनका श्रीमान ५८ बर्षीय धर्मबहादुर बस्नेत, घोराही उपमहानगरपालिका – १५ की यामाकुमारी बस्नेत, घोराही – ८ का तिलकबहादुर महरा क्षत्री, घोराही – १५ प्रगतिनगरकी ५३ बर्षीया पार्वता केसी , घोराही – १५ की ३४ बर्षीया ममता केसी डिसी र घोराही – १५ की ३७ बर्षीया ऋषा बोहरालाई पक्राउ गरि अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
बस्नेतले बिभिन्न २३ ÷ २४ जना मानिसहरुबाट अनुचित लाभ लिएको र झन्डै एक करोड हाराहारी ठगी गरेको एसपी केसीले जानकारी दिए । बिभिन्न ब्यक्तिहरु संग झन्डै तीन करोड हाराहारीमा उनले लेनदेन गरेको प्रहरी बताउँछ ।
जिल्लाका बिभिन्न मानिसहरुलाई ऋण लगानी गर्ने माधवा बस्नेतले चर्कौ ब्याज अशुल्दै आएकी थिइन । ‘मिटर ब्याजमा पैंशा अशुल्ने ऋणलिने मानिसहरुबाट खाली चेकमा हस्ताक्षर गराई आँफुखुसी रकम भर्ने गरेको अनुसन्धानबाट खुल्छ ,’ एसपी केसीले भने ।
ऋण लिएका मानिसहरुले दिएका खाली चेकमा आँफुखुसी रकम भर्ने र ती चेक श्रीमान तथा अन्य चिनजानका मानिसका नाममा काट्ने गर्थिन । उनीहरुलाई प्रयोग गरि चेक बाउन्स गर्न लाउँथिन ।
‘ आरोपित महिलाले पीडितलाई नै पीडक जसरी मुद्दा हाल्ने, दुःख दिने र रकम अशुल्ने गरेको अनुसन्धानबाट खुल्छ,’ एसपी केसीले भने ।
प्रहरी हिरासतमा रहेकी माधवाले ऋणीहरु संग स्वाँवा ब्याज असुली सकेपछि पनि चेक वा गराएको तमसुक माग्दा नदिइ हराएको वा आँफुले च्यातेको बाहनाबाजी गरि ती चेकहरुमा आँफुखुसी नाम र रकम भरी बाउन्स गराउँदै आएकी प्रहरी अधिकारीहरुले बताएका छन् ।
बैंकमा चेक बाउन्स भइ सकेपछि आँफै वा श्रीमान मार्फत जिल्ला अदालतमा चेक अनादर सम्बन्धि मुद्दा दायर गरि पीडितलाई नै दुःखदिने कार्य बस्नेतले गर्दै आएकी थिइन ।
‘ अदालतबाट चेक अनादर वा लेनदेन मुद्दा बारे जिल्ला अदालतबाट म्याद गएपछि मात्रै जाहेरीवालाहरुले थाहाँ पाएको भन्ने कुरा खुलेको छ,’ डिएसपी तिमिल्सिनाले भने ‘ निज माधवाले बस्नेतले केही तमसुक आफ्ना नजिकका नातेदारहरुलाई लोभलालच देखाई उनीहरुको नाममा गराएको देखिएको छ ।’
ऋणिहरुबाट ल्याएका खाली चेकहरुमा आरोपित माधवाले आँफुखुसी रकम भर्ने आफन्तहरुलाई प्रलोभनमा पारी उनीहरुको नाममा ती चेकहरु काट्ने, उनीहरुलाई नै बाउन्स गर्न लगाउने र त्यसपछि जिल्ला अदालतमा चेक अनादर मुद्दा दायर गरि पीडितलाई नै उल्टै दुःख दिदै आएकी डिएसपी तिमिल्सिनाले बताए । यो क्रम बढ्दै गएपछि त्यसबा बिरुद्ध पीडितहरु एक पछि अर्कौ गर्दै प्रहरीमा जोहरी दिन पुगेका थिए ।
एक पछि अर्कौलाई पक्राउ गरेको प्रहरीले सातै जना बिरुद्ध अदालतबाट म्याद थप भइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।