२०८१ असोज ३ गते बिहिवार

दाङ शान्तिनगर जीप दुर्घटना – सल्यानका यमबहादुरको मृत्यु

तुलसीपुर , साउन २१ । दाङको शान्तिनगरमा भएको जीप दुर्घटनाका एक घाइते मध्य सल्यानका एक जनाको मृत्यु भएको छ ।

सल्यान जिल्लाको त्रिबेणी गाउँपालिका – ३ टाड्केका ४६ बर्षीय यमबहादुर केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

गएराति करिब पौने ११ बजेतिर चिकित्सकले केसीलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।


आइतबार बेलुकी साढे ७ बजेतिर तुलसीपुर बाट सल्यान तर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आँफै अनियन्त्रित भइ शान्तिनगर गाउँपालिका – १ हाँडीचारमा दुर्घटनामा पर्दा केसीसहित सात जना घाइते भएका थिए । दुर्घटनाका अन्य ६ घाइतेको उपचार जारी छ ।

उक्त दुर्घटनामा परि त्रिबेणी – की ४५ बर्षीया एश्वर्य केसी, ४५ कै पार्वती केसी, त्रिवेणी – ३ कै ३४ बर्षीया रेखा वली, सोही वडाकी ३१ बर्षीया रोजिका वली घाइते भएका छन् ।

त्यस्तै रुकुम पश्चिम जिल्लाको त्रिबेणी गाउँपालिका – ३ की २५ बर्षीया शरिता खड्का र लम्जुङ जिल्लाको मध्य नेपाल नगरपालिका – ७ की २४ बर्षीया लिला बास्तोता घाइते भएका छन् । अन्य घाइते सबैको उपचार जारी छ ।

प्रकाशित मिति : २०८१ साउन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *