तुलसीपुर , साउन २० । थर्ड आई नेपालले आफ्नो दोस्रो बार्षिक उत्सवको अवशरमा रक्तदान कार्यक्रम गरेको छ ।
तुलसीपुरस्थित कालिका देबी रक्तदान केन्द्र परिसरमा आइतबार बिहान थर्ड आई नेपालले रक्तदान कार्यक्रम गरेको हो ।
दोस्रो बार्षिकोत्सबको अबसरमा आयोजित कार्यक्रममा तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष बिनिल केसी, रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मी, थर्ड आई नेपालका अध्यक्ष वशन्त गिरी, लगाएतले रक्तदान गरेका थिए ।
तुलसीपुर क्षेत्रमा रगतको कमी हुन नपावस र भइ परि आउने दुर्घटनाका घाइते, सुत्केरी लगाएत अन्य बिरामीले रगतको अभावमा अकालमै ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको थर्ड आई नेपालका अध्यक्ष वशन्त गिरीले बताए ।
थर्ड आई नेपाले बिगत केही समय यता बिभिन्न सामुदायिक विद्यालयहरुमा पुगेर निशुल्क रुपमा बिद्यार्थीको ब्लड ग्रुप छुट्याउने कार्य गर्दै आएको छ ।
यो कार्यका लागि सिटी हस्पिटल तुलसीपुरले आफ्नो जनशक्तिसहित प्राबिधिक रुपमा सहयोग गर्दै आएको छ । हालसम्म थर्ड आईले सिटी हस्पिटलको सहयोगमा सयौं बिद्यार्थीको ब्लड ग्रुप निशुल्क रुपमा पहिचान गरि सकेको छ ।
कार्यक्रमका बक्ताहरुले स्थापनाको छोटो अबधिमै थर्ड आई नेपालले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
संस्थाका अध्यक्ष वशन्त गिरीको अध्यक्षतामा भएको समापन कार्यक्रमलाई तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसीका लगातएतका बक्ताहरुले सम्बोधन गरेका थिए ।
दोस्रो बार्षिक उत्सबको अवशरमा केक काटेर खुसीयाली समेत मनाइएको थियो ।