२०८१ भाद्र २५ गते मङ्गलवार

खाद्रेमा खोलाले अटो बगायो – दूई महिला बगेर बेपत्ता

तुलसीपुर , साउन १९ । तुलसीपुरको खाद्रेमा खहरे खोलाले अटो बगाउँदा दुई जना बगेर बेपत्ता भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका – ४ स्थित बेतनी खोलामा आएको बाढीले अटो बगाउँदा खाद्रे गाउँकी ५६ बर्षीया सीता आले र सुर्खेत जिल्ला घर भइ खाद्रे गाउँमै बस्दै आएकी १७ बर्षीया मञ्जु खड्का बगेर बेपेत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

शुक्रबार बेलुका तुलसीपुर बजारबाट खाद्रे गाउँ तर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो तुलसीपुर– ४ स्थित बेतनी खोलामा आएको बाढीले बगाएको थियो ।

अटोमा पाँच जना सवार थिए । चालक खाद्रे गाउँका ४६ बर्षीय हरिकिशन बिक, स्थानीय ३४ बर्षीया सुनिता थापा र उनका ७ बर्षीय छोरा सुशान्त आले भने बाढीबाट उत्रन सफल भएका थिए । आमा सुनिताले आँफुसहित छोरा सुशान्तलाई पनि जोगाउन सफल भएकी थिइन ।

बर्षाका कारण खाद्र भएर बग्ने खहरले बेतनी खोलामा शुक्रबार बेलुका ठूलो बाढी आएको थियो । अटो चालकले बाढीको अवस्था अन्दाज नगरी अटो खोलामा हाल्दा बगाएको थियो ।

खोलाले बगाइ बेपत्ता रहेका सीता आले र मञ्जु खड्काको खोजी कार्य जारी छ ।
घटनास्थल खाद्रे प्रहरी चौकी बाट झन्डै डेढ किलोमिटर उत्तर पश्चिम र तुलसीपुर बजारबाट १३ किलोमिटर उत्तर पश्चिममा पर्छ । खोलाले अटोसहित यात्रु बगाएको भन्ने सूचना पाउना साथ इप्रका तुलसीपुरबाट प्रहरी निरीक्षक थापाको कमाण्डमा १० जनाको प्रहरी खटिएको छ ।

त्यस्तै शुक्रबार राति करिब पौने दश बजेतिर अर्कौ एउटा अटोलाई पनि काला खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर बजार बाट बिजौरी तर्फ जाँदै गरेको रा १ ह २३५७ नम्बरको अटोसहित चालकलाइ काला खोलामा आएको बाढीले बगाएको थियो ।

अटोमा चालक तुलसीपुर – ७ पर्सेनी गाउँका २२ बर्षीय दुर्गाबहादुर पुन एक्लै सवार थिए । उनले मापसेपनि गरेका थिए । उनको भने केही बेरमै उद्धार भएको थियो ।


तुलसीपुर –घोराही सडक खण्ड अन्तरगत पर्ने काला खोलामा आएको बाढीका कारण ह्युमपाइप माथि बाट खोला बगिरहेको थियो ।
अटो बगाएको खबर पाउना साथ इप्रका बाट प्रहरी प्रमुख डिएसपी ठाकुरप्रशाद पोख्रेलको नेतृत्वका खटिएको ७ जनाको प्रहरीले चालक पुनको उद्धार गरेको थियो ।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *