२०८३ असार २७ गते शनिवार

स्तनपान नजवात शिशुका लागि पहिलो खोप जस्तै मूल्य वान छ – बालरोग बिषेशज्ञ डा. किशोर खत्री

स्तनपान गराउने आमाहरुको संख्या आधा मात्रै

बालाराम खड्का, तुलसीपुर, साउन १८ । ‘स्तनपानमा समानता – सवैको सहयोग र सहभागिता भन्ने नाराका साथ स्तनपान सप्ताह विहिवार देखि सुरु भएको छ । विश्व स्तनपान सप्ताहमा सरोकारवाला निकायहरूले जिल्लामा औपचारिक तथा अनौपचारिकरूपले स्तनपान सप्ताह मनाउने गरेका छन ।

कुनै स्वास्थ्य संस्थाले प्रबद्र्धनात्म कार्यक्रम गरेका छन भने कुनै ले विभिन्न सचेतनामूलक कार्यक्रम गरी सप्ताह मनाउन सुरु गरेका छन ।
स्तनपानको महत्व नबुझ्दा तथा महिलाहरूको कामकाजी तथा अन्य कारणले पनि पर्याप्त मात्रामा नवजात शिशुहरूलाई स्तनपान गराउनेहरूको संख्या भने बर्षेनी घट्दै गएको छ ।

स्तनपानमा समानता – सवैको सहयोग र सहभागिता भन्ने सन्देशका साथ विश्व स्तनपान सप्ताह मनाउन सुरु गरेपनि शिशुलाई स्तनपान गराउनु पर्छ भन्ने चेतना भने सबैमा नभएको देखिएको सरोकारवालाहरु बताउँछन् ।

जसले गर्दा नवजात शिशु प्रारम्भीक स्तनपानबाट वञ्चित हुने गरेका छन । स्तनपान गराउनु पर्छ भनेर दिइने परामर्शको अभाव, आफ्नो शौदर्यता विग्रन्छ भन्ने गलत बुझाई तथा बजारमा पाइने विभिन्न प्रकारको खाद्यपदार्थका कारणले कमी भएको चिकित्सकहरू बताउँछन ।

बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीले स्तनपान नजवात शिशुका लागि पहिलो खोप जस्तै मूल्य वहान भएको बताउछन । आमाको दूध बालबालिकाको लागि अमृत समान भएको भन्दै आमाको दूध शिशुको लागि पहिलो खोप समान रहेको डा. खत्रीको भनाई छ ।
‘यसमा रोगसँग लड्न सक्ने तत्व हुन्छ, स्तनपानको महत्व धेरै छ ।’ उनले भने ।

बालरोग विशेषज्ञ डा. खत्रीले जन्मने बितिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भएको बताए ।
शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो,पहेंलो बिगौती दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुने भएकोले यसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउँने उनले बताए ।

‘स्तनपानलाई पहिलो खोपका रुपमा समेत लिइन्छ। स्तनपानले बाल मृत्युदर घटाउनुका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने डा. खत्रीले बताए । बच्चा जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध अनिवार्य रुपमा खुवाउन जरुरी रहेको उनी बताउँछन् ।

स्तनपानले आमा र बच्चा दुवैलाई फाइदा पुग्ने भन्दै गलत अपबाफका पछि नलाग्ने उनले आग्रह गरे । स्तनपानले शिशुको शारिरीक तथा मानसिक विकास गराउनुका साथै कुपोषण हुनबाट समेत जोगाउँने उनले बताए ।

स्तनपान गराउने आमालाई स्तन तथा पाठेघरको क्यान्सरको जोखिम कमहुने र नियमित स्तनपानले गर्भावस्थामा बढेको अनावश्यक तौललाई नियन्त्रणमा ल्याउन सहयोग गर्ने उनले जानकारी दिए ।

बालरोग बिषेशज्ञ डा. खत्रीले संसार भर साप्ताहीक रुपमा यो दिवस मनाउन सुरु गरेको भन्दै नेपाल वालचिकित्सक समाजले पनि विभिन्न कार्यक्रम गरि मनाउने गएको बताए । नवजात शिसुलाई ६ महिनासम्म आमाको दुध र ६ देखि २ बर्षसम्म अन्य पौष्टिक आहार खुवाउन सकिने खत्रीले बताए ।

उनले आमाले सुरक्षित तरिकाले निर्धक्क साथ शैक्षिक संस्था, सरकारी कार्यालय, संघ संस्था तथा सवै क्षेत्रमा स्तनपान गराउने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे ।
‘६ महिनासम्म शिशुलाई आमाकै दूध खुवाउनु पर्छ ६ महिनापछि भने अन्य पौष्टिक खानापनि खुवाउन मिल्ने हुन्छ,’ उनले भने ।

स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपनालगायत रोगबाट बचाउने भएकाले पनि स्तनपानको महत्व धेरै भएको उनले बताए । आमाको दूधमा पाइने कोलस्ट्रम (बिगौती) दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला र निमोनियाजस्ता घातक संक्रमणबाट बचाउन सकिने उनको भनाई छ ।

दुई वर्षसम्म अनिवार्य स्तनपान गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले स्तनपान गराउने आमाहरुको संख्या घटदै गएको पाइएको जानकारी दिए । उनले तुलसीपुरमा अहिले पूर्ण स्तनपान गराउनेहरुको संख्या ६४ प्रतिसतले रहेको बताए ।

विभिन्न कारण र बहानामा शिशुलाई स्तनपान नगराउनु गलत भएको केसीले जानकारी दिए । केसीले उपमहानगरपालिकाले सुत्केरी आमाहरूलाई स्तनपान तथा अन्य स्वास्थ्य शिक्षाहरू दिने गरेको बताए ।

‘हामीले महिला स्वयम्सेवक तथा स्वास्थ्यकर्मीमार्फत विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गदै आएका छौं र यो साप्ताह व्यापी कार्यक्रममा पनि गर्ने छौ,’ उनले भने । सप्ताह सुरु भएसँगै तुलसीपुरका विभिन्न स्थानमा सचेतनात्मक व्यानरहरू राखेर सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको उनले बताए ।

पछिल्लो तथ्याङ अनुसार नेपालमा स्तनपान गराउनेहरुको संख्या ५६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ। परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाले केही दिन अघि स्तनपान सप्ताहको अवसरमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको थियो ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ का अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको पाइएको छ । यस्तै, शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ९४ प्रतिशत रहेको छ।

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *