तुलसीपुर, साउन १७ । दाङको तुलसीपुरमा घरको भ¥याङ (सिडी) बाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – ५ (ङ) लाइनमा कोठा भाडामा बस्दै आएकी ४२ बर्षीया तिला परियारको सिडीबाट लडेर मृत्यु भएको हो । उनको घर सल्यान जिल्लाको कपुरकोट गाउँपालिका – ३ मा हो । उनी कोठा भाडामा बस्न थालेको जम्मा महिना दिन मात्रै पुगेको थियोे ।
परियार बिहान साढे ७ बजेतिर सिडीबाट लडेर शक्त घाइते भएकी थिइन । उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा साढे ८ बजेतिर पु¥याइएको थियो । अस्पतालले प्रारम्भीक उपचार पछि ८ बजेर ४५ बजेतिर घाइते परियारलाई बाँकेका लागि रिफर गरेको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मेडिकल कलेज कोहलपुरमा पु¥याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
बिहान साढे ११ बजे आफन्तले घाइतेलाई अस्पताल पु¥याएका थिए । तत्कालै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ ।