तुलसीपुर, साउन १६ । तुलसीपुरमा बुधबार दिउँसो एउटा कारको ठक्करले बिद्युतका दुई वटा पोल लडे ।
दिउँसो दूई बजे तुलसीपुर उपमहानगरपालिका – ६ बरुवा गाउँबाट बीरेन्द्र चोक तर्फ आउँदै गरेको प्र ३ – ०१– ०२८ च ६९८५ नम्बरको कार बिद्युत पोलमा ठोक्किएको थियो ।
कार स्थानीय ३४ बर्षीय निराजन श्रेष्ठले हाँकी रहेका थिए । प्रहरीका अनुसार उनी कारमा एक्लै थिए । इलाका प्रहरी कार्यालयका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले कारको ठक्करबाट दुई वटा बिद्युतका पोल ढलेका छन् । भाग्यले चालक भने सकुशल छन् ।
दुई वटा पोल मध्य एउटा पोल कारमाथि नै खसेको थियो भने अर्कौ सडकमा ढलेको छ । जस्ले गर्दा बरुवागाउँका भित्री सडक दिनभर जसो अरुद्ध बन्यो । पोल कारमाथि नै परेको हुँदा कारमा पनि क्षति पुगेको छ ।
त्यो टोलको बिजुली बत्तीपनि दिनभर जसो अवरुद्ध हुन पुग्यो । प्रहरी निरीक्षक थापाका अनुसार बेलुकी ४ बजेसम्म पोलहरु पंछाएर कारलाई सुरक्षित निकाल्ने र बाटो खोल्ने प्रयास जारी नै थियो ।
दुर्घटनाको कारण बारे प्रहरीले जानकारी दिएको छैन । के कारणले दिउँसै दुई वटा पोल ढल्ने गरि कार ठोक्किएको हो ? त्यसको अनुसन्धान हुने प्रहरीले बताएको छ ।
