२०८१ भाद्र २६ गते बुधवार

तुलसीपुर – ११ ले दिन थाल्यो सुत्केरीलाई भाले उपहार

तुलसीपुर, साउन १४ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को वडा कार्यालयले सोबारदेखि सुत्केरीलाई भाले उपहार दिन सुरु गरेको छ ।

सोमबार आफ्नो पहिलो सञ्तान छोरीलाई जन्म दिएकी तुलसीपुर – ११ हस्नापुरकी सृजना खड्का वली र दोस्रो सञ्चालको रुपमा सोमबार नै छोरालाई जन्म दिएकी तुलसीपुर – ११ बेलटाकुराकी लक्ष्मी चौधरीलाई एक ÷ एक वटा भाले उपहारसहित प्रदान गरिएको हो ।


वडाध्यक्ष मानबहादुर रावतसहित कर्मचारी बेलटाकुरास्थित उरहरी स्वास्थ्य चौकीमा आँफै पुगेर सुत्केरीलाई पहिलो पटक भाले उपहार प्रदान गरिएको हो ।
सुत्केरी प्रोप्सहान अन्तरगत यो आर्थिक बर्षदेखि वडा कार्यालयले डेढ लाख बिनियोजन गरेको छ । २० बर्ष पछि बिहे गरेका तथा २० बर्ष भन्दा माथिका सुत्केरी महिला र आठ पटक स्वास्थ्य चौकीमा स्वास्थ्य चेकजाँच गराएका महिलालाई यस्तो भाले उपहार दिने नीति वडा कार्यालयले अख्तियार गरेको छ ।

गर्भबती महिला नियमित आफ्नो स्वास्थ्य चेकजाँच गराउन जाउन र सुत्केरी भइ सकेपछि उनीहरुको कमजोर शरिरले पौष्टिक आहारा पावस भन्ने उदेश्यका साथ सुत्केरीलाई भाले उपहार दिने योजना अघि सारिएको वडाध्यक्ष रावतले बताए ।


‘ हामीले एक जना सुत्केरीलाई एक हजार पाँच सय बराबरको भाले खरिद गरि उपहारस्वरुप दिने नीति अघि सारेका छौं,’ रावतले भने ‘ भनेकै मूल्यको भाले मिलेन भने बचेको पैंशा हामी सुत्केरीलाई नै प्रदान गर्छौं ।’

यो वडा कार्यालयले अबदेखि वडाका कुनैपनि मानिसको मृत्यु पछि क्रियापुत्रीका लागि एक केजी घिउपनि दिने नीति अख्तियार गरेको छ ।

तस्बिर :- वसन्त परियार ।

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *