२०८३ मङ्सिर ११ गते बिहिवार

बिनिल केसी एकै साथ तीन संस्थाको नेतृत्वमा

तुलसीपुर, साउन १३ । तुलसीपुरका एक सफल युवा ब्यबसायी बिनिल केसीले यतिखेर एकै साथ तीन वटा फरक ÷ फरक संस्थाको नेतृत्व हाँकी रहेका छन् ।

शनिबार (साउन १२ गते) बेलुका मात्रै केसी रोटरी क्लव अफ तुलसीपुर सिटीको लागि सन २०२४÷०२५ का लागि अध्यक्ष चयन भए । यसअघिका अध्यक्ष तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले केसीलाई एक समारोहका बीच पदहस्तान्तरण गरेका थिए ।

त्यसअघि जेठ मध्यतिर बिनिल केसी मोरु डिजिटल वालेट (पेनेप) प्रालिको अध्यक्षमा चयन भएका थिए ।

उतिखेर केसीलाई नेपाल राष्ट्र बैँकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले मोरु डिजिटलको अध्यक्ष पदको सपथ ग्रहण गराएका थिए । सपथग्रहण लगत्तै केसीले आफ्नो पदभार सम्हालेका थिए ।

मोरु डिजिटल वालेट माफर्त नेपालमा झन्डै १४ लाखले कारोबार गरि रहेका छज । मोरु सुविधाजनक र सुरक्षित क्यूआर भुक्तानी गर्न मिल्ने डिजिटल वालेट हो । जसमार्फत प्रयोगकर्ताले फोनपे नेटवर्कमार्फत सहज रुपमा कारोबार गर्न सक्छन ।

त्यस्तै यही बर्ष केसी तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका थिए । गत बैशाख ३१ गते बिहान सार्वजनिक मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार केसीले कुल खसेको मत २९३८ मध्य १५५० मत प्राप्त गरि निर्वाचित भएका थिए ।

बिनिलले गठबन्धनका उम्मेदवार ललितजंग शाहलाई पराजित गरेका हुन । शाहले १३४० मत प्राप्त गरेका थिए । केसीले शाहलाई २१० मतान्तरले पराजित गरेका थिए । काँग्रेसबाट टिकट नपाए पछि शाह रुष्ट बनेर बिभिन्न दलहरु संग गठबन्धन गरि केसीको बिरुद्धमा मैदानमा उत्रिएका थिए ।
चाहेको भए यही बर्ष बिनिल केसी लायन्स क्लबको अध्यक्ष बन्ने अबशर थियो । तर, उनले त्यो अबशर अरुलाई नै प्रदान गरेको स्रोत बताउँछ ।


यस फरककोण मिडिया प्रालि सञ्चालक समितिका अध्यक्षसमेत रहेका केसी ब्यबस्थापन संकायमा स्नातोक्तोर (माष्टर्स) सम्मको अध्यन पुरा गरेका छन् । सरल, शालिन र सहयोगी भावनाले ओतप्रोत केसी युवा तथा अग्रज सबैका बीच उत्तिकै लोकप्रिय छन् ।

वुवा बिष्णुबहादुर केसीको अवशान पछि १८ बर्षको कलिलै काँधमा घरको जिम्मेवारीमा काँध थापेका बिनिलले ब्यबसायमा हातहालेपछि कहिलै पछाडि फर्किनु परेन । उनले हाँकेका गणेश पाउरोटी उद्योगमा मात्रै दर्जनौं युवा युवतीले रोजगारी पाएका छन् । केसी नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका उपाध्यक्षपनि हुन । नगर सभापति सरेश हमाल नेतृत्वको टिमले तुलसीपुरमा पार्टी कार्यालय निर्माण गर्दा केसीले ब्यक्तिगत तीन लाख १५ हजार आर्थिक साहेता गरेका थिए ।

बिनिल केसी राप्ती बबई बहुमुखी क्याम्पस सञ्चालक समितिको कोषाध्यक्ष पनि हुन । उनको भूमिकाको उच्च मूल्याङकन गर्दै केसीलाई दोस्रो कार्याकालका लागि कोषाध्यक्ष बनाइएको हो । केसीको टिम क्याम्पसमा भित्रिएपछि नै आर्थिक रुपमा जर्जर अवस्थाको क्याम्पसले काँचुली फेरेको थियो ।

अहिले क्याम्पसको कोषमा लाखौं रुपैंया बचत छ भने क्याम्पसमा झन्डै चार हजार हाराहारीमा बिद्यिार्थी अध्यनरत छन् । क्याम्पसको रुपान्तरण र भौतिक प्रगति तीब्र रुपमा भइ रहेको छ ।

तुलसीपुर फ्लोर मिल, होटेल वष्टर्न पार्टी प्यालेस लगाएत बिभिन्न अन्य क्षेत्रमापनि बिनिल केसीको लगानी छ ।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *