२०८२ जेष्ठ ११ गते शुक्रवार

दुर्घटनामा परेको जहाजमा सौर्य एयरलाइन्सका कर्मचारी मात्रै सवार थिए

अधिकाँसको मृत्यु , एक जना क्याप्टेनको उपचार जारी

काठमाडौं, साउन ९ । त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलको धावन मार्गबाट चिफ्लिएर दुर्घटनामा हुँदा अधिकाँसको मृत्यु भएको जनाइएको छ ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरी केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ । जहाँजमा दुई जना क्याप्टेन थिए ।
जहाजमा सबै सौर्य एयरलाइन्सका कर्मचारी मात्रै सवार रहेको खुलेको छ ।

बुधबार बिहान उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज धावन मार्गबाट चिफ्लिएर दुर्घटनामा परेको थियो । काठमाडौंबाट पोखराका लागि उड्न थालेको जहाजमा १९ जना यात्रु रहेको जानकारी दिएको
नेपाल उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

सौर्यको ९ एन ÷ एएमईरसीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा उड्ने क्रममा दुर्घटनामा परेको नागरिक उड्यान प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो ।

जहाजबाट धुवाँको मुस्लो देखिएको छ । जहाज दुर्घटना स्थलमा अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरि उद्धारको कार्य जारी छ ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *