२०८३ असार २८ गते आइतवार

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा


दाङ,साउन ६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन ।

विश्वासको मत नपुग्ने निश्चित भएपछि मुख्यमन्त्री महराले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो ।

महराको राजीनामा पछि कांग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् ।

दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको छ ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *