२०८३ असोज २५ गते आइतवार

जिप दुर्घटना हुँदा ११ जना घाइते

तुलसीपुर, साउन ५ । दाङको दंगीशरणमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

दंगिशरण गाउँपालिका – ७ बोकटीमा तुलसीपुरबाट सल्यान कालीमाटी तर्फ जादै गरेको लु १ ज १३८३ नम्बरको भाडाको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका हुन ।

अटोलाई जोगाउने क्रममा सडकबाट झन्डै दुई मिटर तल जिप पल्टिन पुगेको थियो ।
घाइतेहरुलाई राप्ती प्रार्देशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएको छ ।

घाइते हुनेहरुमा सल्यान कालीमाटी गाउँपालिका – २ का ४१ बर्षीय चालक खिमबहादुर बोपाल मगर, कालीमाटी– ३ का १६ बर्षीय किरण बोहरा, कालीमाटी – २ का ५४ बर्षे हुकुमराज पुन, बर्ष १४ का बिपिन केसी, कालीकाटी – ३ की १० बर्षीया आरती थापा घाइते छन् । उनीहरु सबैको अवस्था सामान्ने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।

त्यस्तै कालीकाटी – ३ का बर्ष ३० का गणेश केसी, सोही वडाकै ५० बर्षीया धनसरा खत्री र बर्दियाको बासगडी ननगरपालिका–४ की ३८ बर्षीया संगिता राणा छाँटीको अवस्था भने मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
कालीमाटी – ३ की १५ बर्षीया करिष्मा खत्रीको अवस्थापनि सामान्ने रहेको प्रहरीले बताएको छ ।

सोही ठाउँकै गाडी साहु ४१ वर्षे हरिबहादुर बिष्ट भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *