२०८३ असार २७ गते शनिवार

बार्षिक दश लाख बढी भाडा आउने सटहरु किन तुलसीपुरले भत्काउन थाल्यो ?

तुलसीपुर, साउन ४ । बार्षिक दश लाख बढी भाडा बाफत पैंशा मिल्ने बिगतमा आँफैले बनाएका ब्यापारिक सटरहरु तुलसीपुर उपमहागनरपालिकाले भत्काउन सुरु गरेको छ ।

झन्डै दुई दशक पहिले निर्माण गरिएका यी सटरहरु भाडामा लगाए बाफत तुलसीपुरले बार्षिक दश लाख बढी आर्जन गर्दै आएको थियो । मेयर टीकाराम खड्काले यी ब्यापारिक सटरहरु भत्काउन लगएका हुन ।
नगरले बिगतमा बनाएका आफ्नै कार्यालय अगाडिका सटरहरुले फुथपाथ साँघुरो बनेको तथा त्यसले सर्वसाधारण यात्रुलाई हिडडुलमा समस्या परेका कारण भत्काउनु परेको मेयर खड्काले बताए ।

‘एकातर्फ सटरहरुले फुथपाथमा हिड्नेहरुलाई असहज भएको थियो,’ मेयर खड्काले भने ‘ बजारका अतिक्रमित फुथपाथ भत्काउँदै हिड्ने उपमहानगर आँफैले त्यसो गर्न मिल्दैन थियो ।’
सटरहरु भत्काइ सकेपछि त्यहाँ पर्खाल लगाउने र भित्र सेवाग्राही तथा सर्वसाधारणका लागि पार्किङ निर्माण गर्ने उदेश्य रहेको मेयर खड्काले जानकारी दिए ।
उपमहानगरकै अगाडि भद्दा र असोभनिय लाग्ने सटरहरु भत्काएपछि त्यसले उपमहानगरको कार्यालय क्षेत्रलाई थप सुन्दर बनाउन पहल हुने उनले बताए ।

यी सटरहरु भत्काउनका लागि उपमहानगरपालिकाले बिगत तीन महिना अगाडिदेखि प्रक्रिया सुरु गरेको थियो । उस्ले पटक पटक सार्वजनिक सूचनापनि जारी गरेको थियो ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *