घोराही, साउन २ । सञ्चारिका समूह दाङको नयाँ कार्यसमिति चयन गरिएको छ ।
घोराहीमा बुधबार भएको समूहको तेस्रो साधारण सभा एवं अधिवेशनले नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो ।
रन्जिता अधिकारी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
जसको उपाध्यक्षमा सपना बोहरा, सचिवमा दिप्तिशिखा चौधरी, सह–सचिवमा सुशीला ओली र कोषाध्यक्षमा उमा भण्डारी छन् ।
त्यस्तै सदस्यहरुमा भावना सुवेदी, लक्ष्मी पोख्रेल, सपना पौडेल , रिता लामा, जयन्ती चौधरी, विमला घर्ती , रमा नेपाली रहेका छन् । अन्य सदस्य आगामी बैठकमा मनोनित गरिने भएको छ ।
सञ्चारिका समुहकी जिल्ला अध्यक्ष सुलोचना गौतमको अध्यक्षता र लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलको आतिथ्यतामा अधिवेशन भएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष बसुन्धरा गौतम, सल्लाहकार लक्ष्मी आचार्य, संचारिका समूह दाङकी संस्थापक एवं रासस दाङ प्रमुख नारायणी रजौरे, रेडियो मध्यपश्चिका सचिव शारदा शर्मा, डब्लु डब्लु जेकी उपाध्यक्ष पार्वती बस्नेत लगायतले मनतब्य व्यक्त गरेका थिए ।
बक्ताहरुले पत्रकार महिलाहरूको हक हित र क्षमता अभिवृद्धिका लागि संचारिका समहुले महत्वपूर्ण कार्य गर्दै आएको बताएका थिए ।