२०८१ भाद्र २८ गते शुक्रवार

कटकुँइयाँमा बाघले मारिदियो १२ बँगुरका पाठा

तुलसीपुर पश्चिममा बाघको जगजगी काययमै

तुलसीपुर, असार ३१ । तुलसीपुरको पश्चिम क्षेत्रमा बाघको जगजगी कायमै छ । आइतबार बिहान २ बजेतिर तुलसीपुर उपमहानगरपालिका – ८ कटकुँइयामा एउटा बंगुर फर्ममा पसेर बाघले १२ वटा बंगुरका पाठाहरु मारिदिएको छ ।


स्थानीय २९ बर्षीय कमल रोकाको ओके बहुउदेश्य कृषी तथा पशु पंक्षी फर्ममा प्रबेश गरि बाघले एक दर्जन बंगुरका पाठाहरु मारिदिएको हो ।
तीन महिनाका १५ देखि २० केजीका पाठाहरु बाघले फर्म भित्र पसेर मारिदिएपछि आफ्नो ठूलो नोक्सान भएको रोकाले बताए । ‘ हामीले एउटा पाठा ४ हजारदेखि ५ हजारमा बेच्दै आएका छौं,’ उनले भने ‘ मध्यारातिमा बाघ फर्म भित्र प्रबेश गरि पाठाहरु मारिदिए पछि झन्डै एक लाख बराबरको क्षति भएको छ ।’

रोकाका अनुसार उनले पाठाहरु अलग्गै खोरमा राखेर हुर्काइ रहेका थिए । सुरुको त्यही खोरमा पसेर बाघले बंगुरका पाठाहरु भताभत मारिदिएको बताए । तर, अर्कौ खोरमा ९ वटा माउहरु रहेपनि त्यहाँ भने बाघ प्रबेश गर्न नसकेको उनले बताए ।

गएराति पनि पाटे बाघ दुई वटा डमरुसहित फेरि आफ्नो फर्ममा आएर वरिपरी घुमेको तथा कराएको उनले जानकारी दिए । दुई वटा डमरुसहितको बाघ स्थानीय जंगलमा आएको हुँदा सर्वसाधारण त्रसिद बनेका छन ।
अघिल्लो हप्ता मात्रै तुलसीपुर – ९ को सामुदायिक वनमा च्याउ खोज्न गएका तीन महिला बाघको आक्रमण बाट घाइते भएका थिए ।

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *